काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा –  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधान धारा १६८ को उपधारा ५ अनुसार पोखरेललाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पूर्व  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय सीमा तोक्दै  दाबी पेस गर्न आग्रह गरेकी थिइन् । नेपालको  संविधान को अधिनमा रहि पोखरेलले हिजो साँझ नै ५ बजे विपक्षी गठवन्धनका ३१ जना सांसद सहित उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । कृष्णचन्द्र  पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र सहित अन्य साना दलहरुको साथ रहेकोे  थियोे ।
७० वर्ष पार गरेका पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका थिए । उनले विपक्षी
गठबन्धनका उम्मेदवारलाई  ३ सय भन्दा बढी मतले
पराजित गरेका थिए । प्रदेश सभामा कांग्रेसका कुल १५ सांसद छन् ।
मुख्यमन्त्री पोखरेलले आजै सानो आकारको  मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने बुझिएको छ तर मन्त्रीहरु को को बन्ने  भन्ने खुलाइएको छैन ।