काठमाण्डाैमा १७७ सहित उपत्यकामा थपिए काेराेनाका दुई सय बढी सङ्क्रमित

भरोसा खबर, भदौ ८, २०७७ काठमाण्डाै – काठमाण्डाै उपत्यकामा गएकाे २४ घण्टामा दुई सय २४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।

पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक सय ७७, भक्तपुरमा १४ र ललितपुरमा ३३ जना काेराेनाका सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक सय ७७, भक्तपुरमा १४ र ललितपुरमा ३३ जना काेराेनाका सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशैभर अहिलेसम्म ३२ हजार ६ सय ७८ जना सङ्क्रमित पुगेका छन् । यस्तै सङ्क्रमितमध्ये अहिलेसम्म १८ हजार आठ सय ६ जना उपचारपछि निको भएका छन् ।

काठमाण्डाै उपत्यकालगायत देशैभर काेराेना भाइरसकाे जाेखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन आह्वान गरिएकाे छ ।