तिमी मेरी हव्वा सार्वजनिक

भरोसा संवाददाता, २ चैत्र २०७७ काठमाडौं। मोन आलेको  नेपाली इसाई म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। इसाई धर्मशास्त्र बाईबलमा रहेको आदम र हव्वाको कथालाई बिरेन तितुङले निर्देशन गरि  सुन्दर ढंगले पर्दामा उतार्न सफल भएका छन् भने स्वयम् मोन आले र चर्चित गायिका मिलन नेवारको गायन रहेको छ ।

नयाँ पाना फिल्मसको ब्यानरमा निर्मित उक्त म्युजिक भिडियोमा पायल मोक्तान, स्वरूपा बल, सुनिल घतानी र समिर मालीको जीवन्त अभिनय देख्न सकिन्छ ।

उक्त गितको शब्द रचना तथा लय मोन आले आफैं रहेका छन् भने देबेन्द्र नेवाको संगीत एरेन्ज गरेका छन् । गितलाई चन्द्र चौधरीले मिक्सिङ्ग गरेका छन् भने बिनोद याक्खाले उक्त म्युजिक भिडियोलाई सम्पादन गरेका छन् ।

उक्त म्युजिक भिडियोमा सामुएल लामा र आधुनिक राईको कोरियोग्राफी रहेको छ भने बुद्धि तामाङ र जानु जेन्नीले मेकअपमा साथ दिएका छन् । म्युजिक भिडियो उत्पादन इन्चार्जमा आइता जिमी छन् भने लाइट डिजाइनमा दिनेश लामा रहेका छन् । उक्त म्युजिक भिडियोको छायांकन दिपेन बस्नेतले गरेका छन् । म्युजिक भिडियोलाई मोन आले अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

“तिमी मेरी हव्वा” हेर्न यो लिंकमा जानुहोस्