‘बादलपारी’मा राजु र बेदना

भरोसा खबर, असोज १७ काठमाडौं । किरण राईको नयाँ गीत ‘बादलपारी’ भिडियोसहित सार्वजनिक भएको छ ।

प्रेम वियोगको कथालाई इसाई सु-समाचारीय मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा राजु श्रेष्ठ र बेदना राई तथा बाल कलाकार विन्नर राईको सशक्त अभिनय रहेको छ ।

लोकप्रिय गायिका लिडिया राईको स्वर रहेको गीतमा संगीत किरण राईले नै दिएका छन् । भिडियो बिनोद याक्खाले निर्देशन गरेका हुन् ।

किरण राईकै शब्द रहेको भिडियोमा बिरेन तितुङ र बिनोद याक्खाको छाँयांकन, विनोद याक्खाकै सम्पादन र मन्दिप रानामगरको कोरियोग्राफी रहेको छ ।

उक्त गितको भिडियो ‘किरण राई’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।