राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती विद्यार्थी स्थानीय राधा आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत छन् ।
पिता लालबहादुर चन्द र माता मेखमाया चन्दका पहिलो सन्तानका रूपमा २०५९ बैशाख ३० गते जन्मेका मानव जन्मदै अपांग थिए उनको दुबै खुट्टा र दाहिने हातले काम गर्दैन । पछि नाबालक अवस्थामा अगेनामा परि पोलिएका कारण उनको स्वास्थ्य एवम् शारीरिक स्थिति थप कमजोर बन्न पुग्यो । पोलेको घाउ त जसोतसो निको भयो तर अपांगताको उपचार सम्भव नहुदा चन्द दम्पती चिन्तित भएका थिए । पछि अर्को सन्तान सकुशल जन्मेपछी आफ्नो चिन्ता केहि कम भएको आमा मेखमायाले सुनाइन । अपांग भएपनी छोराले पढ्न मन गरेकोले विद्यालय भर्ना गरिदिएको अभिभावकले बताए ।
मानवले विद्यालयमा पुगि अध्ययनको साथै विभिन्न क्षेत्रसंग सम्वन्धित आकर्षक चित्र कोर्ने गरेका राधा आधारभुत विद्यालयका प्रधानाध्यापक गिरीबहादुर बि क ले बताए । मानवको चित्रमा शैक्षिक ज्ञान पाइन्छ । उपयुुक्त रङ्ग भरी चित्रलाइ जीवन्त बनाउछन । चित्र कोर्न चाहिने आवश्यक सामाग्रीहरु मानवले आफ्ना अभिभावकसंग रोइकराइ ल्याइदिन आग्रह गर्छन् तर आर्थिक विपन्नताले थलिएको चन्द परिवारले त्यस्ता स्रोतहरु सधै जुटाउन नसकेको बताउँछन् । मानवले आफ्नो कला विद्यालयको भित्तामा छ्ताछुल्ल पोखेको देख्दा जो कोहिको आँखा रसाउछ  मुटुमा भक्कानो पर्छ अनि सपाङ्ग भएर केही गर्न नसकेकोमा आफैंलाई धिक्कार्छन । विद्यालयमा शिक्षक र विद्यार्थीहरुले मानवलाइ माया गरेकोले अपांग भएपनि पढ्न आएको बताए । उनले निलो कार्ड मार्फत  मासिक रू १५००/- बाहेक अरु कुनै भत्ता पाएका छैनन् ।
Reset Nepal को सहयोगमा व्हिलचियर उपलब्ध भएको बाहेक अरु कुनै सहयोगि संस्थाले चासो देखाएका छैनन् । स्थानीय  निकायले पनि उनको कलालाइ प्रचारप्रसार गर्न कुनै पहल थालेको छैन । घर आगनको सरकारले यस्ता प्रतिभाको अवमूल्यन गर्दा चिनारी गुमाउन पुगेको छ । यस्ता कलाकारलाई राज्यले उचित वातावरण दिन सके हाम्रो मौलिक कला संस्कृतिको संरक्षण हुने स्पष्ट देखिन्छ । स्थानीय सरकारले उनको कलालाई  सहरी क्षेत्रसम्म पुर्याइ बिक्रिको व्यवस्था गर्ने  पहल गरिदिनु उचित देखिन्छ ।
मानवका परिवारमा उनी बाहेक आमाबुबा एक भाइ र दुई  बहिनी छन ।