२४ घण्टामा २ लाख ९४ हजार कोरोना संक्रमित थपिए

भरोसा खबर, २०७७ श्रावण ३२, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९४ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा धेरै हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ८७ हजार ९६४ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार आजसम्म सबैभन्दा धेरै अगष्ट १ मा २ लाख ९७ हजार १३९ हजार कोरोना संक्रमित थपिएका थिए ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ५५ हजार ७८६ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड १० लाख २६ हजार ७५८ पुगेको छ ।