साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा रहेको महिला टोली थाइल्याण्डको बैंककमा थप प्रशिक्षणमा सहभागी हुनेछ भने पुरुष टोली भारत चण्डिगढस्थित पटियालामा आयोजना हुने प्रशिक्षणमा सहभागी हुनेछ । ती टोलीलाई आज पोखरा रङ्गशालामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङलगायतले बिदाइ गर्नुभएको थियो । नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले महिला टोलीले बैंककस्थित विश्वविद्यालयका टोलीसँग १० देखि १२ वटासम्म मैत्रीपूर्ण खेलसहित अभ्यास गर्ने र पुरुष टोलीले भारतका विभिन्न स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताउनुभयो । पुरुष टोलीमा कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दिप कार्की, रणसिं रावत, ईन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् । महिला टोलीमा कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आइतालु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन् । ह्याण्डबलसहित नौ खेल पोखरामा सञ्चालन हुने सागमा छ राष्ट्रको सहभागिता निश्चित भइसकेको नेपाल खेलकूद सङ्घले जनाएको छ ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस....

जनकपुरमा मोदी, के-के छन् त मोदीको कार्य तालिका ?

काठमाडौं, २८ बैशाख | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा करिव ६ मिनेटको पुजापछि मोदीलाई पुजारीले माला तथा मिथला टोपी लगा....

रियल म्याडिड र एथ्लेटिकोले बराबरी खेल्यो

१२ असोज, काठमाण्डौं । जितको लागि संघर्ष गरिराखेको स्पेनिष क्लब रियल म्याडिडले एथलेटिको म्याडिडसंग बराबरी खेलेको छ । गोल गर्ने कयौं अवसरहरु पाए पनि रिय....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all