सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउँछ : मन्त्री भण्डारी

सुर्खेत, १ मङ्सिर (रासस) : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा दुई दिनसम्म सञ्चालन हुने ‘कर्णाली प्रदेशसभा सदस्यका लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ विषयक कार्यशालाको उद्घाटन कार्यक्रममा कानूनमन्त्री भण्डारी आधुनिक मानव समाज सूचना प्रविधिमैत्री बनिसकेको बताउनुभयो । “खासगरी फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्स एप, भाइबरजस्ता सामाजिक सञ्जालका विविध आयामबारे सांसद जानकार हुन आवश्यक छ,” मन्त्री भण्डारीले भन्नुभयो, “अबको युग भनेकै विश्वलाई नजिकबाट हेरेर आफ्नो काम अघि बढाउने हो ।” सूचना र प्रविधिको सही सदुपयोगबाट राम्रै कुराको लाभ लिन सकिनेमा जोड दिँदै उहाँले कार्यशालामा सहभागी सांसदलाई अधिकतम ज्ञान लिन आग्रह गर्नुभयो । हामीसँग भएको मस्तिष्कलाई प्रयोगमा ल्याउन इच्छाशक्ति र अभ्यास दुवै आवश्यक भएकोले सबैले आफूलाई ऊर्जाशील र आत्मप्रेरित बनाउनुपर्नेमा उहाँको जोड थियो । कार्यशालामा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले सांसद्का लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष पदमबहादुर रोकायाले समय सुहाउँदो कार्यक्रम भएको तर्क दिनुभयो । नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले प्रविधिसम्बन्धीको ज्ञान दिने कार्यशाला स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि क्यारिना श्रेष्ठले नेपाल सरकार तथा प्रदेश सरकारका सबै सांसदको सीप तथा क्षमता अभिवृद्धिका लागि युएनडिपीमा सांसद सहयोग परियोजना रहेको र त्यही परियोजनाअनुसार कर्णालीमा सहकार्य गरेर कार्यशाला सञ्चालन गरिएको बताउनुभयो । सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तले सांसदलाई सञ्चार, प्रेस सम्मेलन, विज्ञप्ति, संसद्मा गरिने टिप्पणी, सामाजिक सञ्जालको प्रयोग, भ्रामक समाचारबाट कसरी बच्ने र गलत सूचनालाई रोक्ने तरिकाबारे ज्ञान तथा सीप प्रवाह गरिने बताउनुभयो । कार्यशालामा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले मल्टिमिडियासम्बन्धी प्रशिक्षण दिने संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिनुभयो । –––

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्म हो :नेता भट्टराई

काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ पूर्वप्रधानमन्त्री डा. ब....

नेविसङ्घको विरोध जुलुस

काठमाडौँ, १ मङ्सिर (रासस) :लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निका....

आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक (भिडियोसहित)

बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगि....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all