महासंघको खेलकुद बिभागको म्याराथन दौड कार्यक्रम

पौष ६, २०७६ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत खेलकुद विभागको आयोजनामा म्याराथन दौड सम्पन्न भएको छ । संचालन केन्द्रिय सदस्य तथा केन्द्रय युवा विभाग सहप्रमुख ए. दिनेश कन्दङवाले गर्नुभयो र उत्साहको बचन बरिष्ठ सहअध्यक्ष डा. फिलेमोनले बाड्नु थियो ।
प्रभु येशू ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को पूर्व सन्ध्यामा खेलकुद विभागले आयोजना गरेको दौडमा उपत्यकाका विभिन्न मण्डलीको सहभागितामा रहेको थियो । वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईंले रिवन काटेर म्याराथन दौडको औपचारिक उद्घाटन गर्नुभयो। उहाँले ख्रीष्टमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले आयोजना गरेको कार्यक्रमको सफलताको कामनासँगै ख्रीष्टमसको शुभ अवसरमा समस्त नेपाली ख्रीष्टियनहरुमा शुभकामना व्यक्त गर्नुभयो । खेलकुद विभागका प्रमुख पास्टर करण सिलवालले पूर्व घोषित महासंघको सप्ताहव्यापी ख्रीष्टमस कार्यक्रम अनुसार आयोजित म्याराथन दौडले कार्यक्रम व्यवस्थित र उपलब्धिमूलक भएको बताउँदै खेलकुद क्षेत्रमा महासंघ मार्फत नयाँ कार्य गर्न थप उर्जा मिलेको बताउनुभयो । बिहान ७ बजे काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटल अगाडी भेला भएर सुरु भएको म्याराथन दौड माइतीघर मण्डला, सिंहदरबार, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि. बि. गहतराजले खेलकुद विभागले आयोजना गरेको म्याराथन दौड, महासंघका लागि नयाँ अभ्यास भएको र ख्रीष्टमसको सन्देश सुनाउने नयाँ तरिका महासंघले अवलम्बन गरेको बताउनुभयो । अध्यक्ष गहतराजले म्याराथन दौड सुरुवात मात्र रहेको र आगामी वर्ष यस अभियानलाई अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो । देश नै ख्रीष्टमय भएको भन्दै अध्यक्ष गहतराजले देशभर विभिन्न मण्डली, संघ संस्थाले ख्रीष्टमसको अवसरमा आयोजना गरेको कार्यक्रमको सफलताको कामना समेत गर्नुभयो ।म्याराथन दौड भृकुटीमण्डपमा पुगेर सबै सहभागीलाइ धन्यबाद दिएर उपाध्यक्ष पा. कृष्ण परियारले अन्तिम प्रार्थनाको गरी समापन गर्नुभएको थियो ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

बुद्ध, बौद्धभूमि र नेपाली सत्ता

मल्ल के सुन्दर शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक....

भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…

रमेश लम्साल काठमाडौँ, ७ मङ्सिर (रासस) : “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ य....

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

काठमाण्डौं २८ मंसिर । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक क....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all