बिरेन तितुङ, २८ जेठ, काठमाडौं । पछिल्लो समय विश्वव्यापी कोरोना भाइरसको महामारी तथा त्यसको प्रभावलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् ।
त्यस्ता गित तथा भिडियोहरूमा महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।
पछिल्लो समय संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा कोरोना भाइरस महामारी सम्बन्धी सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ ।
उक्त सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् ।
गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।
गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरुको दमदार प्रस्तुती रहेका छन् ।
विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो ।
पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।
यस्तो छ उक्त गीतको भिडियो
Nepali Corona Song| Corona ko Mahamari 2077 |2020