पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए ।

मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ,’ मन्त्री पुनले भने । जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।

मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

मोदीलाई अभिनन्दन गर्दै मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

२८ बैशाख, काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा २ नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफु....

सलमान खानले ५५ लाखा भा.रु मा घर किनिदिएको खबर झुटो

२० भदौ, काठमाण्डौं, बलिवुडमा मात्रै नभई पुरै भारत र संसारभर भाइरल भईराखेकी रोनु मण्डलको बारेमा फैलिएको कति हल्लाहरु सत्य छन् भने कति हल्लामा मात्रै सि....

अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन शुरु

काठमाडौं, २७ वैशाख : शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय मानवअधिकार ....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all