डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । बर्खे मकै किराले सखाप पार्न थालेको डोटीको दिपायल सिलगढी नगरपालिका वडा न ८ चन्दभान साउँदले बताए । उनले वर्खे मकैमा लागेको फौजी किराले विगाह भन्दा वढीको बर्खे मकै नष्ट पारेको बताए । प्रमुख खाध्यबालीको रुपमा रहेको मकै रातारात किराले नष्ट गर्न लागेपछि स्थानीय किसान चिन्तित बनेका छन् । विगाहा जमिनमा लगाएको बर्खेमकै अमेरिकन फौजी किराले सखाप पारेको स्थानीय गणेश साउँद बताए । उनले भने ‘पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ता भन्दा पनि मकैको बोटमा लागेको फौजिकिराले बारी नै सखाप पार्दा लागत नै नउठ्ने पो हो कि भन्ने चिन्ता लागको छ ।’ दिपायल सिलगढी नगरपालिका कृषि साखा प्रमुख हिक्मत साउँदले भने जिल्लामा यो किरा फैलिएको बारेमा आफूलाई जनकारी नभएको बताए । उनले यसबारे आफूले बुझ्ने बताए । उनले भने ‘यस बारेमा जानकारी नभएकाले फौजि किरा हो कि होईन, अन्य किरा पनि हुन सक्छ । अहिले नै एकिन गरेर भन्न नसकिने बताए ।’ भौगोलीक बिकटताका कारण किसानहरु भने आवश्यक विषादी पनि नपाईदा हुर्किने बेलाको बाली नष्ट हुँदा पनि टुलुटुलु हेरेर बस्न बाध्य छन ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

गाईघाट, २९ कात्तिक (रासस) : उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ ....

हावाहुरीले सुनसरीमा ठूलो क्षति

इनरुवा, २६ वैशाख : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भ....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all