सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारीमा संचालित कोभर परियोजना अन्तर्गत लकडाउनले पठनपाठन अबरुद्ध भइरहेका बेला प्रारम्भिक कक्षा १–३ सम्मका बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने हेतुले शैक्षिक सामग्री बितरण गरिएको हो । प्रत्येक बालबालिकालाई ४१० रुपैयाका दरले करिव ४६ हजार बराबरको सामाग्री बितरण गरिएको छ । शैक्षिक सामाग्रीहरुमा प्रत्येक बालबालिकालाई किताव १ थान (चित्रकला तथा मनोरञ्जनात्मक र जीवन उपयोगी ज्ञान भएको) कापी २ थान, पेन्सिल ३ थान, डटपेन २ थान र इरेजर ५ थान रहेका छन् । साथै उक्त संस्था द्वारा संचालित कोभर परियोजना अन्र्तरगत दिपायल सिलगढी नगरपालिका र आदर्श गाँउपालिकाका ७५ जना बालबालिकालाई सरसफाई सामाग्री पनि बितरण गरिएको छ । सरसफाई सामग्री अन्तर्गत प्रत्येक बालबालिकाहरुलाई नुहाउने साबुन ६ थान, लुगा धुने साबुन ४ थान, तौलीया, दाँत माझ्ने ब्रस, दन्तमन्जन, काईयो, साबुनदानी, सामाग्री राख्ने झोला, नेलकटर र जानकारीमुलक पर्चा एक एक थानका दरले प्रति बालबालिकालाई रु.७२८ बराबरको सामाग्री बितरण गरिएको छ । नेपाल कोभर परियोजना संचालनमा रहेका डोटी जिल्लाका आर्दश गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका करिब ४२०० बालबालिकाहरुलाई सरसफाई सामाग्री र कक्षा १ देखि ३ सम्म अध्ययनरत करिव १४०० बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने लक्ष्य रहेको सामुदायिक बिकास केन्द्र (सिडिसि), डोटीका अध्यक्ष श्री हेमराज जोशीले बताउनु भयो ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन

काठमाडौं, २८ असोज । कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिल....

सलमान खानले ५५ लाखा भा.रु मा घर किनिदिएको खबर झुटो

२० भदौ, काठमाण्डौं, बलिवुडमा मात्रै नभई पुरै भारत र संसारभर भाइरल भईराखेकी रोनु मण्डलको बारेमा फैलिएको कति हल्लाहरु सत्य छन् भने कति हल्लामा मात्रै सि....

जनकपुरमा मोदी, के-के छन् त मोदीको कार्य तालिका ?

काठमाडौं, २८ बैशाख | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा करिव ६ मिनेटको पुजापछि मोदीलाई पुजारीले माला तथा मिथला टोपी लगा....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all