काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन भएको थियो । सरकारी कार्यालय पूर्ण रूपमा सुचारु भएको असार १ मा ६ हजार २ सय ११ जना संक्रमित थिए ।

असार १० मा संक्रमितको संख्या १० हजार नाघ्यो । शनिबारसम्म १५ हजार ४ सय ९१ पुगेको छ । यो बीचमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् । दुई जना मात्रै संक्रमित हुँदा मुलुकमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक ५ सयभन्दा बढी हुँदा पनि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

संक्रमितको संख्या दिनहुँ ३ अंकमा बढिरहँदा सरकार र सत्तारूढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त छन् । अप्ठेरो पर्दा जनतालाई सेवा गर्छौं भन्दै चुनाव जितेर आएका नेताहरू मुलुकमा आगोसरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील देखिएका छैनन् । सरकार र सत्तारूढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीलता कति छ भन्ने पछिल्लो दुई सातायताका घटनाक्रमले छर्लङ्ग पार्छन् ।

नेपालमा शनिबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो । अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ । प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक/एक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

श्रावण १६, २०७७ वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारा....

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

View all

“विश्व दया दिवस” को अवसरमा बृहत नृत्य कार्यक्रम सम्पन्न

२५ कार्तिक, काठमाण्डौं । “विश्व दया दिवस” को अवसरमा लाईफ वेष्ट इनसाईडले विश्वका धेरै राष्ट्रहरुमा एक साथ एकै दिन मनाउने गरेको बृहत नृत्य कार्यक्रम यही....

काभ्रे गोलीकाण्डमा विप्लव समूहका ४ कमाण्डर पक्राउ

६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव स....

काबुलको विस्फोटमा बाह्र जनाको मृत्यु

२८ कात्तिक (रासस÷सिन्हवा) ः अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगे....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

केहि प्रावधान सहित १२० दिन लामो लकडाउन हट्यो

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्था....

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

View all