केहि प्रावधान सहित १२० दिन लामो लकडाउन हट्यो

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।

मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

के केमा प्रतिबन्ध कायमै छ ?

तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

श्रावण १६, २०७७ वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारा....

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

View all

प्रविशाको “अर्को जन्म” सार्वजनिक

भरोसा खबर, असार ११ । गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ । गीतमा "चाहिन्न अर्को जन्म", "चाहिन्न अर्खो जुनि", "यही जुनिमा  मलाई च....

भीमफेदी कारागारबाट कैदी फरार

हेटौँडा, १ मङ्सिर (रासस) :मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाम....

मुक्तिनाथ मन्दिरमा हिमपात

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातले चिसो बढ्नुका साथै ....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

केहि प्रावधान सहित १२० दिन लामो लकडाउन हट्यो

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्था....

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

View all