रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ ।

यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र इजलास दुवै उनले तोक्न मिल्दैन ।

पूर्व डीआईजी रञ्जन कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए ।  महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।

सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको सो फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

श्रावण १६, २०७७ वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारा....

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

View all

इसाई धर्म प्रचार गर्दै हिँड्ने ६ जना पक्राउ

आठराई, तेह्रथुम, २८ वैशाख : क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्रा....

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

रुपन्देही, २८ कात्तिक (रासस नीरा गौतम )ःचुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको बोली नै बन्द हुन्छ....

नेयमारले गरे निर्णायक गोल

१२ असोज, काठमाडौं । शनिबार राती भएको खेलमाडिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । स....

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुन....

केहि प्रावधान सहित १२० दिन लामो लकडाउन हट्यो

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्था....

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

View all