साउन ३१, काठमाडाैं । च्याम्पियन्स लिग फूटबलको क्वार्टरफाइनलमा बार्सिलोनाको लज्जास्पद हार भएको छ । शुक्रवार राति भएको खेलमा बार्सिलोनालाई बार्यन म्यूनिखले ८–२ को अन्तरमा हराएको हो ।
म्युनिखमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्थान सुनिश्चित गरेको छ ।
हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ ।