थप १९ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुग्यो

भरोसा संवाददाता, काठमाडौं, १९ असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ जनाको मृत्यु भएसँगै संख्या ५ सय ५४ पुगेको हो । विवरण अनुसार प्रदेश १मा १ जना, प्रदेश २ मा ३ जना, वागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १ को सुनसरीमा ५५ वर्षीय पुरुष, प्रदेश २ को पर्सामा ६५ वर्षीया महिला र सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला र २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरमा ३ वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उता, चितवनमा पनि ६२ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, गण्डकी प्रदेशको गोरखामा ४५ वर्षीय महिला र प्रदेश ५ को नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।