२६ कार्तिक, २०७७, कास्की – पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्ट्रालाईट उडान बन्द भएकोे थियोे । यसबाट पोखराको पर्यटन क्षेत्र प्यारालाइसिस भए झैं थला परेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुमा आएको चहलपहलले यस क्षेत्रको पर्यटन व्यवसाय सक्रिय हुनथालेको सबैले महसुस गरेका छन् ।
आजदेखी शुरु हुनलागेको उडान पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सुरुवात गरिएको सम्बन्धित अधिकारीले बताएका छन । अल्ट्रालाईट जहाजमा एक यात्रीका साथ पाइलटले उडान गर्दछन । पोखरा बिमानस्थलक्षेत्रबाट उडान हुने जहाजबाट पोखरा क्षेत्रका फेवाताल , शान्तिस्तुपा, पोखरा उपत्यका, हिमालय दृश्यहरुको स्वर्गिय अनुभुति लिन सकिन्छ ।
यस्तो उडान १५ मिनेटका अलवा ३० मिनेट ,६० मिनेट र बढीमा ९० मिनेट सम्मको रहने बताइन्छ भने १५ मिनेट उडानको लागि नेपाली ७ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। हालसम्म ४ कम्पनीले जहाज उडाउने गरेकोमा बन्दाबन्दी पछी एक कम्पनीले मात्रै उडान गर्न लागेको हो ।
पोखरामा अल्ट्रालाईट जहाजको अतिरिक्त प्याराग्लाईडिङ पनि सुरु भइसकेको छ । ५ – ८ हजार नेपाली रुपैयाँ लाग्ने प्याराग्लाईडिङ अहिले ३ हजारमा मात्र उडन पाइने भएको हो । यस्तो गतिविधिले पोखराको पर्यटन व्यवसायलाई उत्साहित बनाएको छ भने कोरोना भाइरस संक्रमणको जोखिम पनि उत्तिकै रहने सम्भावना देखिन्छ यसमा सबै सरोकारवालाहरुको ध्यान जानू जरुरी छ ।
Teva: Viagra générique en ligne. TEVA Viagra sildenafil générique en ligne. cialispascherfr24.com Stada: Viagra générique en ligne.