महासंघबाट राजिनामा दिएका समूहले गर्यो अगुवा भेला

मंसिर १०, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट राजिनामा दिएका समूहले आज ललितपुरमा एक कार्यक्रमगरि पास्टर, अगुवाहरूको माझमा राजिनामा दिनुको कारणबारे प्रष्ट पारेका छन् । सो कार्यक्रममा महासंघबाट राजिनामा दिएकाहरू तथा इसाई समुदायका अगुवा, पास्टरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पाष्टर किरण दासले भेला आयोजना गर्नुको उद्देश्य र आवश्यकताको विषयमा प्रकाश परेका छन् ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले नेपाली मण्डलीहरूको हक अधिकारको संरक्षण गर्ने उद्घेश्य राखेर केहि काम गरेता पनि यसको नेतृत्वले गरेको अस्वभाविक गल्तिहरूका कारण महासंघलाई सुधार गरि यसलाई सम्पूर्ण नेपाली मण्डलीहरूको साझा संस्था बनाउनुपर्छ भनि चालेका कदमहरू पश्चात भएको विकसित अवस्थाको बारेमा सम्पूर्ण नेपाली मण्डली एवम् संघसंस्थाहरू अनभिज्ञ रहेको कारण यस विषयमा आफुहरु स्पष्ट हुन चाहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेको विषम परिस्थितिमा सम्पूर्ण नेपाली मण्डलीहरूको संयुक्त राष्ट्रिय प्रतिनिधित्वको नितान्त आवश्यकता र यसको विकाश प्रक्रियाको बारेमा विकल्प छैन ।”

इसाई समुदायको उत्थान तथा परमेश्वरको महान उद्घेश्य पुरा गर्ने ध्येयका साथ् आफुहरू लागि परेकोले पद भन्दा बाहिर रहेर अगाडि बढ्नुको विकल्प नरहेको एन.सि. एस नेपालका महासचिव डिल्लीराम पौडेलले बताउनुभयो । त्यस्तै गरि आफ्नो धारणा राख्ने क्रममा एन.सी.एफ नेपालका अध्यक्ष पाष्टर हनोक तामाङ्गले भन्नुभयो “हामीले हाम्रो अस्तित्वलाई स्वीकार गर्न सकिएन भने सदैव समस्या निम्तिने र यसले इसाई समुदायलाई ठुलो घाटा पर्न सक्छ ।” सोहि कार्यक्रममा बोल्नुहुँदै एन. सी. एस अध्यक्ष वर्णबास श्रेष्ठले भित्र हात मिलाएर बाहिर हल्ला गर्ने समूहबाट बच्नुपर्ने समय आएको बताउनुभयो ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

घुस लिँदै गरेको अवस्थामा तीन कर्मचारी पक्राउ

नेपालगञ्ज, २६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राह....

विश्व दया दिवस नृत्य कार्यक्रम विश्वभर र नेपालमा एकसाथ हुँदै

२३ कार्तिक, काठमाण्डौं । "विश्व दया दिवस" लाई विश्वभरि नै मनाउने क्रममा लाईफ वेष्ट इनसाईडले यही नोभेम्बर १० आईतबारका दिन ४ बजे पाटन मंगलबजारमा बृहत नृत्....

सात वर्ष पछी सरकारमा फोरम नेपालको इन्ट्री

काठमाडौं -संघीय समाजवादी फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको छ । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सह....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all