फिजियो रुममै अड्किए नेइमार

एजेन्सी: पटक पटक चोट बोक्दै आएका नेइमारलाई अहिले बयान गर्ने अर्को शब्द ‘घाइते नेइमार’ बनेको छ । उनी सँधै चोटको खतरामा देखिन्छन् । विश्व फुटबलमा पछिल्लो पटक चोटले सर्बाधिक सताईएका खेलाडी हुन्, नेइमार । त्यसैले त यी ब्राजिलियन सुपरस्टार पछिल्लो समय मैदानमा भन्दा फिजियो र चिकित्सकको रुपमा बढी घुलमिल हुन थालेका छन् ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का २७ बर्षीय नेइमार खेलमा पुनरागमन गर्नासाथ फेरि घाइते भएका छन् । चोटकै कारण नेइमार फेरि एक महिना मैदान बाहिर रहने निश्चित भएको छ ।

अघिल्लो साता ब्राजिल र नाइजेरियाबीचको मैत्रिपूर्ण खेल खेल्ने क्रममा नेइमार घाइते भएका थिए । घुँडामा चोट बोकेका नेइमारले खेल सुरुभएको केही मिनेटमै मैदान छाडेका थिए । पछिल्लो ढेड बर्ष मैदानभित्र र मैदानबाहिर नै निकै कठिन समय बिताएका नेइमार यसपटक बालोन डी’ओरको मनोनयनका समेत अटाएका छैनन् । उनी झन्डै एक दशकको अन्तरालमा मनोनयन सुचीबाट बाहिरिएका हुन् ।

सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका नेइमारले चोटकै कारण आफूलाई अब्बल फुटबलरका रुपमा स्थापित गर्न संघर्ष गरिरहनु परेको छ । नेइमारले चोटकै कारण पीएसजीमा मात्र ५३ खेल गुमाई सकेका छन् । उनले बार्सिलोनामा छँदा चार वर्षमा २९ खेल गुमाएका थिए ।

सन् २०१३ मा सान्तोस छाडेपछि अहिलेसम्मको सबै समय हिसाव गर्दा नेइमारले चार सय ६९ दिन चोटकै कारण उपचारमा बिताए । नेइमारको चोटकै कारण सन् २०१७–१८ को च्याम्पियन्स लिगको नकटआउट चरणको पहिलो लेगमा पीएसजीले रियल म्याड्रिडसँग ३–१ गोलको हार खेपेको थियो । त्यतिबेला समूह चरणमा ६ गोल गरेका नेइमार खेल्न नसक्नु पीएसजीका लागि थप पिडा बनेको थियो । नेइमारका लागि सन् २०१८–१९ को सिजनमा पनि पुरानै कथा दोहोरियो । नेइमारले समूह चरणमा पाँच गोल गरेपनि नकआउट चरणका दुबै खेल गुमाए । जसका कारण पीएसजीले म्यानचेस्टर युनाइटेडसँग हार खेप्यो ।

पीएसजीले विशेषगरी च्याम्पियन्स लिग जित्ने अभिप्रायले नेइमारलाई क्लबमा भित्र्याएको थियो । नेइमारको लगातार चोटका कारण पीएसजीको त्यो सपना पूरा हुन सकेको छैन । यस सिजनपनि पीएसजीलाई नेइमारको घाइतेसँगै विविध समस्याले पिरोलेको छ । च्याम्पियन्स लिगको समूह चरणको दुवै खेलमा नेइमार थिएनन् । यद्यपी स्टार खेलाडीविनै पीएसजीले जित भने निकालेको थियो । नेइमार खेल्नु पर्ने समयमा घाइते हुने र फेरि उनले बारम्बार क्लब छाड्ने बताउने गरेकाले पनि पीएसजी आजित बनेको छ । घाइते भएपनि नेइमारले पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन । नेइमारको घाइते समस्याले ब्राजिललाई पनि अफ्ठेरो बनाई रहेको छ ।

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

डोटी मा फौजिको प्रकोप, किसान चिन्तित

भरोसा खबर १४ असार २०७७ , डोटी मा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । पाक्ने बेलाको मकै किराले सखाप पार्न थालेपछि किसानहरु ....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

View all

पाँच किलो ट्युमरको शल्यक्रिया

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिल....

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी आइतबार काठमाडौं आउने

१८ भदौ, काठमाण्डौं, चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका क्रममा आगामी आइतबार काठमाडौं आउने भएका छन् । आगामी असोज अन्तिम साता भारत भ्रमणमा निस्....

लागुऔषधबाट उम्किनै गाह्रो

पार्वती थापामगर काठमाडौं । उदयपुरका २२ वर्षीय एक युवालाई उनका दाजुले पढाएर राम्रो व्यक्ति बनाउन सानैमा राजधानी ल्याए । उनीहरू गरिब परिवारका थिए । दा....

पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर: मन्‍त्रिपरिषद्का निर्णय

जेष्ठ २८, काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दि....

संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....

लकडाउन खुकुलोबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उन....

View all