‘धर्मगुरुसँग प्रहरी’

सुर्खेत, २८ कात्तिक (रासस) ः

समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना कार्यक्रम अघि बढाउन थालेको छ । ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत ‘धर्मगुरुसँग प्रहरी’ कार्यक्रम सञ्चालन गरेर प्रहरीले धर्म, संस्कार र अन्धविश्वासका कारण मानव समाजमा पारेको असरबारे जानकारी दिन थालेको हो । यसै साता जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको ‘धर्मगुरुसँग प्रहरी’ सम्बन्धी सचेतनामूलक कार्यक्रममा हिन्दू ईसाई, बौद्ध तथा मुस्लिम धर्मगुरुलाई भेला पारेर बालविवाहले समाजदेखि मुलुकको दिगो विकासमा पर्ने असरबारे प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा वालविवाह गर्नेहरूको उमेर, बालविवाहका प्रमुख कारण र त्यसबाट बालबालिकामा पर्ने शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा प्रजननसम्बन्धी असरसबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज पन्तले राससलाई जानकारी दिनुभयो । बालविवाहका कारण समाजमा हुने आपराधिक घटनाका साथै यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी, पारिवारिक कलह र देशविकामा पुग्ने असरबारे पनि जानकारी गराइएको उहाँको भनाइ थियो । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले बालविवाह सामाजिक अपराध हो भन्ने कुरा प्रत्येक नागरिकसम्म पु¥याउन यो कार्यक्रम गरिएको बताउनुभयो । धार्मिक संस्कृतिसँग जोडिएका कुरीतिलाई हटाउँदै लैजाने र बालविवाह गराउनेलाई हुने कानूनी दण्डसजायका बारेमा जानकारी गराउने उद्देश्यले सो कार्यक्रम गरिएको उहाँले जनाउनुभयो । प्रहरी नायब उपरीक्षक रावलले भन्नुभयो, “विवाहमा मुलतः धर्मगुरुको भूमिका बढी रहने भएकोले उहाँहरुलाई प्रशिक्षण दिइएको हो । यस कार्यक्रमले राम्रै प्रभाव पारेको छ ।” उहाँका अनुसार प्रशिक्षणमा सहभागी सबै धर्मगुरुहरूले आफूहरु बालविवाहमा संलग्न नहुने र त्यस्ता घटनामा जो कोही संलग्न देखिए प्रहरीलाई सूचना गर्ने जनाएका थिए । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, आमा समूह, क्लबसम्म पु¥याइएको उक्त कार्यालयले जनाएको थियो । ईगरब्रिज माविका शिक्षक यज्ञ ढकालले पहिले धार्मिक, साँस्कृतिक र पछिल्लो समयमा सूचना तथा प्रविधिको विकाससँगै प्रविधिजन्य सामग्री र साइटले बालविवाह बढाएको बताउनुभयो । विद्यालय, गाउँ तथा नगरमा गठित बाल क्लबलाई सक्रिय बनाउनुपर्ने सुझाउँदै उहाँले सामाजिक सञ्जाल नियन्त्रण, सामाजिक सचेतना र कानूनी दायरालाई फराकिलो बनाउन सकिए मात्र यसलाई नियन्त्रण गर्न सकिने प्रतिक्रिया दिनुभयो । त्यसैगरी, सामाजिक अभियान्ता टङ्कप्रसाद खनालले गरीबी, अशिक्षा र देखासिखीले बालविवाह बढेको बताउनुभयो । पछिल्लो समयमा भने मोबाइल र सामाजिक सञ्जालले बालविवाह गर्नेको सङ्ख्यामा वृद्धि भएकाले अभिभावक, विद्यालय र तीनै तहका सरकारले यसलाई नियन्त्रण र निराकरण गर्दै लानुपर्ने उहाँको भनाइ थियो । गरीबी र अशिक्षाका साथै धार्मिक तथा सांकृतिक संस्कारका कारण मध्य तथा सुदूरपश्चिम नेपालमा बालविवाह हुने भएकाले त्यसैलाई दृष्टिगत गर्दै ‘धर्मगुरुसँग प्रहरी’ कार्यक्रम कर्णालीका १० वटै जिल्लामा सञ्चालन गरी विभिन्न धर्ममा आवद्ध करीब सात सय धर्मगुरुलाई प्रशिक्षण दिइएकाले बालविवाहका घटनामा कमी आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ । –––

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्....

छुवाछुतमुक्त नगरपालिका घोषण हुने

भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो ....

रियल म्याड्रिडले लेगानेसलाई ५–० ले हरायो

१४ मंसिर काठमाण्डौ । रियल म्याड्रिडले आफनै घरेलु मैदानमा खेलेको खेलमा प्रतिद्धव्न्दी टिमलाई ५–० ले हराएको छ । ब्राजिलका किशोर खेलाडी रोड्रिगोले ब्यक....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all