किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

गाईघाट, २९ कात्तिक (रासस) : उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरीप्रमुख केसीले बताउनुभयो । किशोरी बलात्कार गर्नेलाई सात वर्षको जेल सजाय उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ । अदालतले २५ वर्षीय विनोद परियारका विरुद्धमा उक्त फैसला सुनाएको अदालतले बताएको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभएको छ । विसं २०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी गरेपछि फागुन २६ गते पक्राउ गरेर चैतदेखि अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

नेयमारले गरे निर्णायक गोल

१२ असोज, काठमाडौं । शनिबार राती भएको खेलमाडिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । स....

जेष्ठ नागरिक सम्मान कार्यक्रम

लमजुङ ,२०७६ मंसिर १३ गते बिहान दोर्दीगाउँपालिका ४ नौथर, कुखुरेढुङ्गामा ८०बर्ष उमेर पुगेका ९ जना बृद्घ बृद्धाहरुलाई कम्बल प्रदान गरी सम्मान गरियो । दोर....

प्रतिबन्धित भारतीय रूपैयाँ भित्रिन थाल्यो

२०७४ भदौ ३० गते १:५७ काठमाडौं, भदौ ३० । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all