विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उहाँले उल्लेख गर्नुभयो । “सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ”, नेता नेपालले भन्नुभयो । नेपाल वैकल्पिक अध्ययन समाजले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ विषयक छलफलमा उहाँले नेपालको हितलाई केन्द्रमा राखेर सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो । सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध राखेको दृष्टान्त पेश गर्दै नेता नेपालले विश्वका दुई उदीयमान अर्थतन्त्र भएका छिमेकी चीन र भारत जस्ता देशसँग थप विकसित सम्बन्ध जरुरी रहेको प्रष्ट पार्नुभयो । द्विपक्षीय विषयमा नेपालका राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रले राम्रो तयारी नगर्दा वार्ताका क्रममा अपेक्षित परिणाम आउन नसकेको भन्दै उहाँले आवश्यक तयारी गरेर तर्क सङ्गत तरिकाले छलफल गर्दा जस्तोसुकै समस्याको समेत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । चीन र भारतको बीचमा रहेको नेपाल एकअर्का मुलुकलाई जोड्ने पुल बन्नुपर्नेमा जोड दिँदै उहाँले अन्य देशसँग पनि सम्बन्ध विकास र विस्तारमा कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भएका बेला फूलबारी–बङ्गलाबन्ध मार्ग खुलाउने विषयमा भारतसँग स्पष्ट संवाद गरेको प्रतिफल प्राप्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले दुई छिमेकीसँग राष्ट्रिय हितलाई केन्द्रमा राखेर विभिन्न खालका संयन्त्र बनाउन सकिने धारणा राख्नुभयो । उहाँले दुई देशसँग विशिष्ठ प्रकारको सम्बन्ध रहेको भन्दै अन्तरराष्ट्रियस्तरमा नै चीन र भारतले गर्ने सम्झौताको प्रभाव पर्ने भन्दै त्यसबाट नेपालले समेत फाइदा लिन सक्ने बताउनुभयो । डा महतले नेपाल र भारतका बीचमा रहेको सीमा समस्या कूटनीतिक तवरबाट संवाद गरी हल गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले बोलाउनुभएको सर्वपक्षीय छलफलमा समेत आफूले सोही विचार राखेको उहाँको भनाइ थियो । कार्यक्रममा कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
‘हामी यस्तै त हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् । उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश....
१९ भदौ, गोरखा । हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्य....
२८ बैशाख, काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा २ नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफु....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....