वाम एकताले राष्ट्रिय सन्देश दिएको छ : अध्यक्ष दाहाल

गलकोट, ७ मङ्सिर (रासस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताउनुभएको छ । नेकपा र राष्ट्रिय जनमोर्चाले आज बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताउनुभएको हो । “नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ ।” “एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ”, भन्दै उहाँले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गर्नुभयो । उपस्थित नेता–कार्यकर्ताकको उत्साहलाई देखेर आजै निर्वाचन जितेजस्तै भएको महसुस भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा उहाँले अहिले भारतले मिचेको भूमि नेपालकै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्दै सरकारले सीमा समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले विकासमा पछाडि परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्र, सालझण्डी–ढोरपाटन सडकले पूर्णता र उत्तरगङ्गा जलाशय जलविद्युत आयोजनाले गति लिने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसँग तत्काल छलफल गरी निष्कर्ष निकाल्ने बताउनुभयो । अध्यक्ष दाहालले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बागलुङ क्षेत्र नं २ को (ख) बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनपछि यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । यसअघिको निर्वाचनमा तत्कालीन (एमाले), (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारका रुपमा घर्तीलाई विजयी गराएको थियो । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट शाहीले उम्मेदवारी दिनुभएको छ । संयुक्तसभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेललगायतको उपस्थिति थियो ।

तिमी मेरी हव्वा सार्वजनिक

भरोसा संवाददाता, २ चैत्र २०७७ काठमाडौं। मोन आलेको  नेपाली इसाई म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। इसाई धर्मशास्त्र बाईबलमा रहेको आदम र हव्वाको क....

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

View all

सीमा अतिक्रमणको विरोधमा हस्ताक्षर सङ्कलन कार्यक्रम

दमौली, २८ कात्तिकः नेपाल विद्यार्थी सङ्घ तनहुँले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा अतिक्रमणको विरोधमा बिहीबार दमौलीमा गरेको हस्ताक....

आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक (भिडियोसहित)

बिरेन तितुङ, ३० जेठ, काठमाडौं । गायिका श्रद्धा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत फुलै फुलको डोलीमा सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगि....

भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…

रमेश लम्साल काठमाडौँ, ७ मङ्सिर (रासस) : “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ य....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all