तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति

अर्घाखाँची, २ पुस (रासस) :

तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हँुदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीव्रगतिका कारण बस दुर्घटना भएको देखाएको छ ।

कान्छा र कान्छी सार्वजनिक

भरोसा खबर, कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को  भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको  छ । ललितपुरमा आयोजित उक्त कार्....

गण्डकी प्रदेशमा पत्रकार सहित १९ जना कोरोना संक्रमीत

भरोसा खबर  २७ असोज २०७७, कास्की - नेपालमा कोरोनाको संक्रमण भुसको आगो जस्तै फैलिएको वर्तमान अवस्थाले नजिकिदै गरेको दशै प्रभावित हुने संकेत देखिएको छ । ....

ग्रीन आर्मी नेपाल झापा च्याप्टरद्धारा आम्दा मेचीनगर अस्पताल परिसरमा बृक्षारोपन र सरसफाई कार्यक्रम

२४ असोज २०७७, भरोसाखबर संवादाता । हाम्रो वातावरण हाम्रो जिम्मेवारी भन्ने नारा बोकेको ग्रीन आर्मी नेपाल झापा च्याप्टरले आम्दा मेचीनगर अस्पताल परिसरमा....

View all

नेकपा र फोरमबीच २ बुँदे सहमति, फोरम सरकारमा जाने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ । नेकपाका अध्यक्षद्वय प्रधान....

सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु

बेरुत, १ मङ्सिर (रासस-एएफपी) – सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाल....

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

श्रावण १६, २०७७ वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारा....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

कांग्रेसका सांसदद्वारा बैठकमा कुर्सी तोडफोड, नेकपाका नेताहरु पार्टी निर्णय विपरीत मतदान गर्ने

भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प....

ट्रम्पको स्वास्थ्य अवस्था जोखिममा

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल म....

View all