चराको वासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिलाई ध्यानाकर्षण

७ पौष, २०७६, गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन् । यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए । नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ । रेसुङ्गा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको जानकारी दिइयो । नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले रेसुङ्गा वन क्षेत्रमा दुर्भल प्रजातिका चारको सङ्ख्या वृद्धि भएको वताउनुभयो । उहाँका अनुसार अनुसार विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डङ्गर गिद्ध, क्षेत्र समिति चरा, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ प्रजातिका चरा रहेको छन् । विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि भन्दै अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रममा बताइएको थियो । नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको कार्यक्रममा जानकारी दिइएको थियो । गुल्मीलाई भविष्यमा चरा पर्यटकको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिधिले धारणा राख्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिले वन संरक्षण, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा आआफ्नो क्षेत्रबाट सहयोग आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीले दुर्लभ प्रजातिका चरा संरक्षणको मुख्य चुनौती र समस्याको रुपमा वासस्थानको अभाव, वासस्थान परिवर्तन, वनक्षेत्रमा विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो र वन्यजन्त्तु र चराचुरुङ्गीको अवैध शिकारजस्ता कारण मुख्यरुपमा रहेको औल्याउनुभएको थियो । नेपाल पक्षी संरक्षण सङ्घले गुल्मीमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै दुर्लभ प्रजातिका चरा र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । विगत पाँच वर्षदेखि गुल्मीको रेसुङ्गा, बलीथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा ती सस्थाले संयुक्त सहकार्यमा काम गर्दै आइरहेको छन् ।

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

ललितपुर २६ सुनाकोठी सडक स्थानियद्धारा अवरुद्ध

१६ कात्तिक, २०७७- ललितपुर महानगरपालिका वडा नं २६ र २७ का स्थानीय बासिन्दाहरूले Youth 26 Group Yala को नेतृत्वमा मुख्य आवतजावत गर्ने स्थानीय बाटोलाई बन्द गरेका छन् ....

सलमान खानले ५५ लाखा भा.रु मा घर किनिदिएको खबर झुटो

२० भदौ, काठमाण्डौं, बलिवुडमा मात्रै नभई पुरै भारत र संसारभर भाइरल भईराखेकी रोनु मण्डलको बारेमा फैलिएको कति हल्लाहरु सत्य छन् भने कति हल्लामा मात्रै सि....

राजधानीको फोहोर पृथ्वी राजमार्गमा : सडक आसपास दुर्गन्ध फैलदै

धादिङ, २८ असोज । देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् । त्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all