रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

भरोसा खबर । १० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको  पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ ।

यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र इजलास दुवै उनले तोक्न मिल्दैन ।

पूर्व डीआईजी रञ्जन कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए ।  महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।

सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको सो फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

रूपा गा.पा मा १५ सैय्याको अस्पताल बन्दै

१५ मङ्सिर २०७७,  कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

View all

मोदीको कारण पार्टी एकतामा ढिलाई : प्रवक्ता भुसाल

नगरकोट, २६ वैशाख | नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्....

आरुघाटको मुआब्जा नतोके राजीनामा दिने सत्तारुढ सांसदको चेतावनी

४ कात्तिक, काठमाडौं । गोरखा र धादिङका सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट लगायतका बजार क्षेत्रको मुआब्जा तत्काल निर्धारण नगरे रा....

इसाई धर्म प्रचार गर्दै हिँड्ने ६ जना पक्राउ

आठराई, तेह्रथुम, २८ वैशाख : क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्रा....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

View all