क्रिश्चियन धर्मगुरु भनिएको कोरोनाबाट मृत्यु भएको व्यक्ति हिन्दु नै भएको खुलासा

२६ साउन पोखरा: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको को‌भिड -१९  उपचार केन्द्रमा आईसीयूमा उपचारत ६२ वर्षीय वृद्धको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो। मृतक व्यक्ति इसाई धर्मको प्रवर्तक भएको भनेर विभिन्न सञ्चार माध्यमहरुले प्रचार गरेका थिए ।
 
केही सञ्चार माध्यमहरूले  उक्त व्यक्ति ‘ईश्वरीय मार्ग भजन मण्डल’ सच्चाई केन्द्र नामक धार्मिक अभियानको लामाचौर शाखाका प्रमुख रहेको भनि समाचार प्रकाशन गरेका थिए ।
 
वास्तवमा संक्रमित व्यक्ति हिन्दुधर्ममा नै आस्था राख्ने सच्चई  समुदायको अनुयायी रहेको विशेष स्रोतको दाबी छ। उनी पोखरा-१९, लामाचौरमा सच्चाइ चलाउने अगुवा थिए। यो सच्चाइ नामक धार्मिक समूह हिन्दु नै रहेको र वि.सं २०६३/६४ मा चितवनबाट सुरु भएको विशेष स्रोतको दाबी छ।
 
येशू ख्रीष्टको नाउँमा रोग बिमारी निको हुने र उग्र सम्पन्नताको प्रचार-प्रसार गर्दै मानिसहरुलाई आफ्नो समुदायमा आकर्षित गर्ने गर्दछन उनीहरु । हेर्दा इसाई जस्तो देखिने सच्चाई  समूहले इसाईहरु जसरी नै भेला भएर येशू ख्रीष्टको   नाममा सेवा संगति गर्ने र बाइबलको मनपर्ने कुराहरु मात्र बताएर उल्टै इसाईहरुकै विरुद्धमा जनमानसमा भ्रम फैलाउने काम गर्ने गर्दछन।
 
उनीहरु इसाईको भेषमा देखापरेका हिन्दु धर्मकै प्रवर्तक हुन। आफूले आफूलाई कट्टर हिन्दु भएको दाबी उनीहरु गर्दछन।
 
येशू  ख्रीष्टकै   नाम लिए तापनी उनीहरू हिन्दु धर्म संस्कृति र परम्परा अनुसार चल्दछन जुन येशू ख्रीष्ट अनुयायीहरुको  शिक्षा र बाइबलको सिद्धान्त विपरीत छ। यसको साथसाथै सच्चाई  समूह विभिन्न गुटहरूमा विभाजित भई आ-आफ्नो धार्मिक क्रियाकलापहरू गर्ने गर्दछन।
 
उनीहरूको नेपाली इसाइहरुसँग कुनै पनि सम्बन्ध र सहकार्य छैन। यसरी वास्तविकता नै नबुझी समाचार छाप्ने प्रचलन नेपाली संचार माध्यमहरुमा कुनै नौलो कुरा भने होइन।
 
राज्य संयन्त्र नै इसाईहरूको विरुद्धमा लागेको समय सञ्चार माध्यमहरुले पनि यथार्थ कुरै नबुझी पूर्वाग्रही रुपमा इसाईहरूको विरुद्ध समचार सम्प्रेषण गर्नु धर्म निरपेक्ष राष्ट्रको हकमा एकदमै गम्भीर कुरा हो।
 
अहिलेको समयमा यस्ता तथ्यहिन समाचारहरुले सामाजिक सञ्जालमा उग्ररुप लिएको छ जसले निकट भविष्यमा सामाजिक रुपमा मिलेर बसेको विभिन्न जाति, धर्म र सम्प्रदायको साझा फुलवारी नेपाल देशमा धार्मिक द्वन्द निम्त्याउने खतरा देखिन्छ। यस्ता अप्रमाणित समाचारहरुले ल्याउने दुर्घटनाको जिम्मेवारी कसले लिने?
 

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

रूपा गा.पा मा १५ सैय्याको अस्पताल बन्दै

१५ मङ्सिर २०७७,  कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

View all

जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्म हो :नेता भट्टराई

काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ पूर्वप्रधानमन्त्री डा. ब....

जेष्ठ नागरिक सम्मान कार्यक्रम

लमजुङ ,२०७६ मंसिर १३ गते बिहान दोर्दीगाउँपालिका ४ नौथर, कुखुरेढुङ्गामा ८०बर्ष उमेर पुगेका ९ जना बृद्घ बृद्धाहरुलाई कम्बल प्रदान गरी सम्मान गरियो । दोर....

अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन शुरु

काठमाडौं, २७ वैशाख : शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय मानवअधिकार ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

View all