खबरभित्रको खबर भरोसा खबर

श्रावण २७, २०७७ काठमाण्डौ ।

⇒कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घन्टामा ४ मृतकमा कोरोना पुष्टि भएसँगै कूल संख्या ८३ पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

⇒अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द, ‘टेक अवे’ सेवामात्र सञ्चालन गर्न पाइने

सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए । ‘यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,’ मन्त्री खतिवडाले मंगलबारको पत्रकार सम्मेलनमा भने ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल व्यवसाय सञ्चालन गर्न दिइएपनि भीडभाड हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

⇒काठमाडौं उपत्यकामा २४ घन्टामा थपिए १३४ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

⇒दैनिक ५ सय जनाको मात्रै उद्धार गरिने

सरकारले दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णय गरेको छ ।

कोरोना भाइरस फैलन थालेपछि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने भएको हो ।

दैनिक अधिकतम् ५ सय जना नेपाली नागरिकलाई मात्रै उद्धार उडान अनुमति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता खतिवडाले उद्धार गरिएका नेपालीहरुलाई संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै गन्तव्यस्थल जान दिइने बताए ।

उद्धार गरेर ल्याइएका नेपालीहरुलाई उपत्यकाका ३ जिल्लाले स्थानीय तहसँग समन्वय गरेर क्‍वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए । यस्तै उनले उनीहरुको ५/७ दिनभित्र पीसीआर परीक्षण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयललाई दिइएको छ ।

यस्तै सीमा नाकाहरुमा पनि तोकिएको प्रवेश विन्दुबाट मात्रै आउन दिइने र त्यसरी आएकाहरुको अभिलेख प्रदेश सरकारको समन्वयमा सेनाको सहयोगमा सम्बन्धित जिल्लाले क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।

यस्तै भारतमा कामदार नल्याउन पनि सरकारले भनेको छ । सरकारी निर्णय अटेर गरेर उद्योगहरुले लुकीछिपी कामदार ल्याए कारबाही गरिने मन्त्री खतिवडाले बताएका छन् ।

⇒वीरगन्जमा उपचार नपाएर ९ वर्षीय बालकको मृत्यु

बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय एक बालकको मंगलबार बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

झाडापखाला र बान्ता निको नभएपछि आइतबार राति करिब ४ बजे सुशीलकुमार साहलाई परिवारले थप उपचारका लागि वीरगन्ज लिएर आएका थिए । ५ वटा अस्पताल चहार्दा कसैले भर्ना लिएनन् । प्रहरीको भनसुनले दोस्रो पटकमा नेसनल मेडिकल कलेजले सोमबार बिहान ९ बजे भर्ना लिए पनि दिनभरि उपचार नगरेको परिवारको आरोप छ । आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको झन्डै २४ घन्टापछि बालकको मृत्यु भएको परिवारले जनाएका छन् ।

⇒पछिल्लो २४ घन्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।  यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ७१ जना घर फर्किएका छन् ।

हालसम्म १६ हजार ६६४ जना निको भइसकेका प्रवक्ता गौतमले बताए ।

गत २४ घन्टामा १० हजार ४ सय ६२ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ६२ हजार ४ सय ९८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् ।

क्वारेन्टाइनमा ११ हजार ५८ जना छन् ।

⇒डोटीमा घर भत्किँदा चार जनाको मृत्यु

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो ।

मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । ढुंगाले छाएको जीर्ण घर भएकाले भत्किएको उनले बताए ।

घाइते हुनेहरूमा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पठाइएको छ । चार जना गम्भीर घाइते छन् ।

भत्किएको घरमा दुई गोरु, एक गाई र दुई बाख्रासमेत च्यापिएको प्रहरीले जनाएको छ । जिल्लामा दुई दिनदेखि लगातार पानीसमेत परिरहेको थियो ।

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

मोदीको कारण पार्टी एकतामा ढिलाई : प्रवक्ता भुसाल

नगरकोट, २६ वैशाख | नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्....

नेकपा र फोरमबीच २ बुँदे सहमति, फोरम सरकारमा जाने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ । नेकपाका अध्यक्षद्वय प्रधान....

दिनभरिको प्रमुख समाचार 

श्रावण २६, २०७७ काठमाण्डौ । ⇒लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेक....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all