विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा खबर, काठमाडौं, भदौ ११ । बंगलादेशले कोरोनाविरुद्ध अहिलेसम्म सबैभन्दा प्रभावकारी मानिएको औषधि रेम्डिसिभिरको ५ हजार डोज नेपाललाई उपलब्ध गराएको छ।
बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रमबीच सो औषधि हस्तान्तरण गरिएको हो।
बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले सो औषधि सोमबारसम्म नेपाल आइपुग्ने बताए।
‘नेपाल सरकारले औषधि सहयोगका लागि बंगलादेशसँग पहल गर्न भनेको थियो। हाम्रो आग्रहलाई स्वीकार गर्दै आज ५ हजार भायल औषधि प्राप्त भएको छ,’ राजदूत मिश्रले भने, ‘विश्वभर नै यो औषधिको अभाव भइरहेका बेला बंगलादेशबाट प्राप्त यो सहयोग निकै महत्वपूर्ण छ।’
औषधि अभावको कारण नेपालमा औषधि कालोबजारी हुँदै आएको छ। यस क्षेत्रमा भारत र बंगलादेशले यो औषधि उत्पादन गर्ने गरेका छन्।
राजदूत मिश्रले सो औषधिलाई स्थलमार्ग हुँदै पठाउने तयारी भइरहेको बताए।
‘हवाई यातायात बन्द छ। त्यसैले औषधि स्थलमार्ग बाटै नेपाल पठाउने योजनामा छौं,’ मिश्रले भने, ‘यहाँ विभिन्न निकायको सार्वजनिक विदा परेको कारणले अहिले कार्यालय बन्द छ। औषधि ढिलोमा सोमबार नेपाल पुग्नेछ।’
कोरोना संक्रमितलाई रेम्डिसिभिरले सोझै निको पार्ने नभै संक्रमणको अवधि छोट्याउने र बिरामीको अवस्थालाई सहज बनाउन सहयोग गर्छ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले यसमाथि लामो अनुसन्धान गर्दा यो औषधिको प्रयोगबाट कोरोना संक्रमितको अवस्थामा सुधार गर्न सहयोग पुगेको पाइएपछि यसको प्रयोग गर्न सुरु गरिएको हो।
गम्भीर अवस्थामा रहेका संक्रमितलाई चिकित्सकहरुले उनीहरुको अवस्था हेरी ६ देखि ११ डोजसम्म प्रयोग गर्छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले रेम्डिसिभिर औषधिको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ। त्यसैअनुसार औषधि व्यवस्था विभागले अनुसन्धान प्रयोजनका लागि सो औषधि ल्याउनका लागि तीन कम्पनीले अनुमति पाएका छन्।
उनीहरुले हालसम्म ७ सय ४८ भायल औषधि मात्रै ल्याउन सफल भएका छन्।
तीन कम्पनीले दुई–दुई हजार डोज औषधि ल्याउन अनुमति पाएपनि अहिलेसम्म दुई कम्पनी मात्रै औषधि ल्याउन सफल भएका छन्।
एक व्यक्तिलाई आवश्यक पर्ने डोजको ४५ सय रुपैया पर्ने यो औषधिको अभावका कारण ४० देखि ६० हजार रुपैयासम्ममा कालोबजारी हुने गरेको छ।
परिषद्का अनुसन्धान विभाग प्रमुख मेघनाथ धिमालकाअनुसार अहिलेसम्म अनुसन्धानका लागि २२ वटा अस्पतालले स्वीकृति लिएका छन्।
‘प्लाज्मा थेरापी र रेम्डिसिभिरको अनुसन्धान गर्नका लागि अनुमति पाएका अस्पतालको संख्या २२ पुगेको छ’ उनले भने, ‘हाललाई परिषदले एक सय जनामा यो औषधि परिक्षण गर्ने तयारी गरेको छ।’
भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....
भरोसा खबर संवादाता १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
22 भदौ, धादिङ। आज बिहान करिब ८ बजे तिर पुर्बबाट आउदै गरेको मकालु बस र काठमाडौ बाट जादै गरेको ट्रक एक अर्कामा ठककर खादा बसमा सवार १६ भन्दा धेरै यात्रु घाइते ....
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ । नेकपाका अध्यक्षद्वय प्रधान....
१९ भदौ कश्मीर मामलामा भारत र पाकिस्तान बीच विवाद बढ्दै जाँदा दुवै देश बीच युद्धको सम्भावना बढ्दै गएको आभाष पाकिस्तानका नेता, सैनिक अधिकारीहरुको भनाईल....
भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....