प्रधानमन्त्री ओलीद्वारा ५० हजार टन युरिया मल पैंचो दिन बंगलादेशकी समकक्षीलाई आग्रह

भरोसा खबर, भाद्र १६, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो सिजनमा खेतीपातीको लागि आवश्यक रासायनिक युरिया मल निर्यातको लागि सहयोग गर्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई आग्रह गरेका छन् ।

ओली र हसिनाबीच मंगलबार टेलिफोन संवाद भएको हो । संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गरेका हुन् ।

दुई नेताबीचको वार्तापछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ । ओलीले पनि सामाजिक संजाल ट्वीटरमार्फत संवादका दौरान यो सिजनमा छिटै आवश्यक परेको रासायनिक मलको निर्यातको सम्बन्धमा आफूले गरेको आग्रहलाई हसिना सकारात्मक देखिएको उल्लेख गरेका थिए ।

खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैँचो (सापटी) लिन लागेको हो । त्यसको लागि कृषि मन्त्रालयले केहि समय अघिदेखि नै गृहकार्य गर्दै आइरहेको थियो ।

कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रले पनि ढाकामा बंगलादेश सरकारसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।

यस्तैबीच कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई आवश्यक मलको लागि बंगलादेशसँग उच्च तहमै पहल गर्नुपर्ने औँल्याउदै प्रधानमन्त्री ओलीलाई नै भेटेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

त्यसैलाई ध्यानमा राखेर ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाललाई मल निर्यात गर्ने सम्बन्धमा संवाद गरेका हुन् ।

वार्ताको दौरान दुई जनाले दुई मुलुकबीच व्यापार, ऊर्जा र पारवहनलगायतका विषयमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

रूपा गा.पा मा १५ सैय्याको अस्पताल बन्दै

१५ मङ्सिर २०७७,  कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

View all

क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काद्धारा कप्तान पद छाड्ने घोषणा

२८ असोज, काठमाडौं । नेपाली क्रिकेटर तथा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । दशक देखि नै राष्ट्....

चिकित्सक पाण्डेद्वारा रु एक करोड प्रदान गरिने

नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका ....

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

View all