बागलुङ पहिरो : १२ जनाको शव भेटियो, २९ अझै बेपत्ता

भरोसा खबर, २०७७ भदौ १८, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका-९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मृतक १२ जनामध्ये ११ को सनाखत हुन सकेको छैन । कतिपय शवहरु चिन्‍नै नसकिने अवस्था छन् । मृतकमा महिला र बालबालिका बढी छन् । यस्तै २९ जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ का २२ वर्षीय जीवन विक, २३ वर्षीय नारायण विक, उनकी श्रीमती २० वर्षीया टेकमाया विक, उनकै १ वर्षीया नाबालिका छोरी, १५ वर्षीया मनिसा विक, २८ वर्षीय शनि विक, उनकै १० वर्षीया छोरा रोशन विक, उनकै ५ वर्षीय छोरा रवि विक, नाम नखुलेको १५ दिने शिशु र २५ वर्षीय मनकुमारी विक छन् ।

यस्तै २६ वर्षीय केशमाया विक, २९ वर्षीय प्रेम पुन, २० वर्षीया कुमारी विक, १५ वर्षीय समुन्द्र विक, १२ वर्षीया पुनम विक, ३० वर्षीय जीतबहादुर घर्ती, ४३ वर्षीय राजु घर्ती, ३५ वर्षीया करमती बुढा, ३६ वर्षीया रिनाकुमारी घर्ती, २० वर्षीया दिलमाया पुन, उनकै ३ वर्षीया छोरी प्रकृती पुन, ६१ वर्षीया डोटी पुन, ३६ वर्षीय हेमबहादुर विक, उनकै ३४ वर्षीया श्रीमती उजेली विक, उनकै ८ वर्षीय छोरा दलु विक, उनकै १० महिने नाम नखुलेका छोरा, ४१ वर्षीय करबहादुर विक, ३७ वर्षीया हस्तमाया विक, ६० वर्षीया तुलमती घर्ती, ५५ वर्षीया कौशिला पुन, उनकै २० वर्षीया छोरा विशाल पुन, २६ वर्षीया धनमाया विक, नाम नखुलेका ३ वर्षीया बालक, वीरे विकको श्रीमतीसहित ४ जनाको परिवार, बागलुङ गलकोट नगरपालिका ४ घर भइ ढोरपाटन घुम्‍न गएका २४ वर्षीय नविन भण्डारी र बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना छन् ।

प्रहरीका अनुसार ३१ घर भत्केको, १ लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन १, सरस्वती प्रावि को २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखामध्ये ४ वटा बगाएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ हजार

भरोसा खबर,  १८ भदौ २०७७  काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब....

View all

“विश्व दया दिवस” को अवसरमा बृहत नृत्य कार्यक्रम सम्पन्न

२५ कार्तिक, काठमाण्डौं । “विश्व दया दिवस” को अवसरमा लाईफ वेष्ट इनसाईडले विश्वका धेरै राष्ट्रहरुमा एक साथ एकै दिन मनाउने गरेको बृहत नृत्य कार्यक्रम यही....

प्रधानमन्त्री ओलीद्वारा ५० हजार टन युरिया मल पैंचो दिन बंगलादेशकी समकक्षीलाई आग्रह

भरोसा खबर, भाद्र १६, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो सिजनमा खेतीपातीको लागि आवश्यक रासायनिक युरिया मल निर्यातको लागि सहयोग ग....

भुटानद्धारा भारतलाई दियो अर्को झट्का

भरोसा खबर , १२ असार  . छिमेकी मुलकहरुसंगको बिग्रदो सम्बन्ध बढ्दो क्रममा रहेको भारतको लागि अर्को आपत आईलागेको छ । नेपालको भुभाग कब्जा गरिएको र नयाँ बिबाद....

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

राष्ट्रिय झण्डा जलाउने कार्यमा ख्रीष्टियन समुदायको कुनै सम्बन्ध छैन:राष्ट्रिय ख्रीष्टियन महासंघ

भरोसा खबर, २०७७ भदौ ३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक विज्ञप्ति जारि गरी राष्ट्रिय झण्डा जलाएको विषयप्रति दु:ख व्यक्त गर्दै ध्या....

View all