ट्रम्पको स्वास्थ्य अवस्था जोखिममा

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ ।

ट्रम्पका डाक्टर सिन कोन्लीले अबको केही दिन ट्रम्पका लागि महत्वपूर्ण भएको बताएका छन् । कोन्लीका अनुसार ट्रम्पमा कोरोनाको संक्रमण दोस्रो चरणमा छ । यसअघि शनिबार साँझ ट्रम्प आफैंले ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै आफूलाई निको हुँदै गएको र अबको केही दिनमा कोरोना विरुद्धको लडाइँको वास्तविक परीक्षण हुने बताएका थिए ।

कोरोनाको संक्रमितको उपचार गरिरहेका डाक्टरहरुले पनि अबको तीनदेखि पाँच दिन ट्रम्पका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । कोरोनाको लक्षण देखिएको केही दिनपछि मानिसको प्रतिरोधी प्रणालीले कोरोनासँग सबैभन्दा महत्वपूर्ण लडाइँ लड्ने जानकारहरुको भनाइ छ । यो लडाइँ घातक पनि हुन सक्ने उनीहरु बताउँछन् ।

भेन्डरबिल्ट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डाक्टर विलियम स्क्याफ्नरका अनुसार कोरोना लागेको केही समयसम्म संक्रमित सही अवस्थामा देखिन्छ तर त्यसपछि भने अवस्था बिग्रिँदै जान सक्छ ।

‘यदि प्रतिरक्षा प्रणालीले सहीरुपमा कोरोना भाइरसलाई निशाना बनाउन सकेन भने मानिसको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै जान्छ,’ उनले भने ।

शनिबार ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले राष्ट्रपतिको अवस्था पछिल्लो २४ घण्टामा चिन्ताजनक रहेको र उनको उपचारको दृष्टिले हेर्दा अबको ४८ घण्टा निकै संवेदनशील रहेको बताए । ट्रम्पको स्वास्थ्यमा पूर्ण सुधारको विषयमा आफूहरु अझै स्पष्ट नरहेको उनको भनाइ छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार अस्पताल लगिनुभन्दा अगाडि उनलाई अक्सिजन चढाइएको थियो । कोरोना संक्रमणको सुरुआतमा शरीरले प्रयोग गर्ने प्रतिरक्षा प्रणालीले केसँग लड्नुपर्ने हो भन्ने कुरा थाहा नपाउने मायो क्लिनिक भ्याक्सिन रिसर्च ग्रुपका डाक्टर ग्रेग पोल्याण्ड बताउँछन् । यस किसिमको प्रतिरक्षा प्रणालीलाई इननेट इम्युन सिस्टम भनिन्छ ।

प्रतिरक्षा प्रणालीले आफैँ भाइरसलाई पत्ता लगाएर निसाना बनाउन सक्नु निको हुनको लागि महत्वपूर्ण हुन्छ । यसलाई एडप्टिभ इम्युन सिस्टम भनिन्छ । स्वास्थ्य अवस्था गम्भीर हुन नदिनको लागि इननेट र एडप्टिभ इम्युन सिस्टम सन्तुलनमा हुनुपर्छ ।

कोरोनाकै कारण मात्र पनि जटिलता बढ्दैन । मानिसको स्वास्थ्यमा जटिलता बढ्नुको एक कारक उमेर पनि हो । उमेर बूढो हुँदै गएपछि शरीरमा एडप्टिभ इम्युन सिस्टम सक्रिय पार्नमा सफल हुने सम्भावना पनि कम हुन्छ । जून महिनामा ट्रम्प ७४ वर्ष पूरा भएका छन् । यो उमेरका मानिसलाई कोरोनाको जोखिम २० को दशकका मानिसलाई भन्दा ९९० गुणा बढी हुने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को तथ्यांक छ ।

आइतबार साँझसम्ममा सार्वजनिक भएको सूचनाले भने अहिलेसम्म उनको स्वास्थ्यमा कत्तिको सुधार आयो भन्ने कुरा पत्ता लगाउन नसकिने जानकारहरु बताउँछन् । यद्यपि उनको ज्वरो कम हुनु सुखद संकेत रहेको चिकित्सकहरुको भनाइ छ । तर यसैको आधारमा उनी पूर्णरुपमा जोखिमभन्दा बाहिर छन् भन्न सकिने अवस्था भने छैन ।

स्रोत : द साउथ चाइना मर्निङ पोस्ट

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

उपेन्द्र जीले आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ

काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् । प्....

आज थप १३० जनामा कोरोना संक्रमण

भरोसा खबर, २०७७ साउन ११ । आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ प....

सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटी द्वारा वालवालिकाहरुलाई शैक्षिक तथा सरसफाई सामग्री वितरण

भरोसा खबर संवादाता १४ असार २०७७  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all