विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
भरोसा संवाददाता, बुटवल, १९ असोज । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएसगै विरोधका स्वर सुनिन थाल्यो । प्रदेशसभाले १९ गते आज १२ बजेको लागि बैठक बोलाईएको थियो ।
ढिलो गरि सुरु भएको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरुले बिरोध उठेर जनाएपछि, बैठक चलेको ७ मिनेटमै स्थगित भयो । दिउसो २ बजे पुनः बैठक बोलाईएपनी मुख्यमन्त्रीले सहमतिको प्रयासका लागि अधिकतम पहल गरे । झन्डै १ घन्टा ढिला गरि सुरु भएको बैठकमा पनि उस्तै बिरोध गरिरहे ।
सभामुखले विरोधका बिच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।
तोडफोडकै बिच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव बारे छलफल गराईयोस् भन्ने पेश गरे । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।
सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बिच बैठक अघि बढाए । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ ।
विरोधबिच प्रारम्भ भएको छलफलमा सुरुमै बोल्ने बुटवलबाटै निर्वाचित नेकपा नेता भोजप्रसाद श्रेष्ठले जनताको मर्म र भावना विपरीत प्रस्ताव ल्याएको भन्दै आक्रोश व्यक्त गरे, बोल्ने समय पूरा नपाएका उनले बाहिर बिरोधको आन्दोलन भैरहने भित्र सुरक्षाकर्मीको घेरामा तानाशाही प्रवृत्तिमा राजधानी सार्न नपाईनेमा उनले आफ्नो अडान राखे ।
यस्तै बैठकमा बोल्दै कपिलवस्तुबाट निर्वाचित सांसद बिष्णु पन्थीले कपिलवस्तुलाई राजधानी बनाउन माग गरे । उनले दाङ्ग र रुपन्देही जिल्लाको मध्यभागमा, सार्दा दुबैको सहमतिमा आउने बताए ।
बैठकमा आफ्नो विचार राख्न नपाएको भन्दै कांग्रेसका सांसदहरुले भने नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि केही समय बैठक स्थगित गरिएको थियो ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
१५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर ट....
साउन ३१, सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको का....
२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पा....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....