विश्वभर कोरोनाबाट १० लाख ४१ हजार ८ सय ९३ को मृत्यु, तीन करोड ५४ लाख बढी सङक्रमित
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ ।
सोमबारसम्म विश्वभर कोरोनाबाट ज्यान जानेको संख्या १० लाख ४१ हजार ८९३ जना पुगेको छ । यस्तै कोरोना सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित छन् ।
विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६११ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।
हालसम्म भारतमा ६६ लाख २३ हजार ८१५ जना कोरोना भाइरस सङ्क्रमित भएको र यस सङ्क्रमणबाट एक लाख २ हजार ७१४ जनाको मृत्यु भईसकेको छ । कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख १५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख १५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ३५८ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
१५ मङ्सिर २०७७, कास्की, भरोसा खबर देशका विभिन्न पालिकामा रहेका आम नागरिकहरुलाइ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको "१५ शैय्य....
२६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....
भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....
भरोसा खबर, २५ साउन, काठमाडौं । पहिलो समाचार: जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास....
५असोज, काठमाण्डौं । डिफेन्डिङ ला लिगा विजेता बार्सिलोनालाई ग्रानाडाले २–० को लज्जापस्द हार चखाएको छ । प्राय सबै स्टार खेलाडीलाई खेलाएको बार्साले आफन....
भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....
भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....
भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....
एजेन्सी, १९ असोज । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघेको छ । सोमबारसम्म विश्वभर कोरोनाबाट ज्....