विकास पूर्वाधारमा ग्रामिण क्षेत्रको पिडा कस्ले बुझिदिने?

१५ कार्तिक २०७७, सि.पी नेपाल, नेपालको कुल जनसङ्ख्याको झन्डै ८० प्रतिशत जनसङ्ख्या ग्रामिण क्षेत्रमै बसोबास गर्दछन् । भुगोलको दृष्टिकोणबाट हेर्दा पनि अधिकांश भू-भाग ग्रामिण क्षेत्रमै पर्दछ । ग्रामिण क्षेत्रले धेरै जनसङ्ख्या र भू-भागहरु मात्र ओगटेको छैन, यस क्षेत्रले नेपालको भविष्य निर्माणको पूर्वाधारहरु पनि ओगटेको छ । ग्रामिण क्षेत्र प्राकृतिक स्रोत साधनले पनि अत्यन्त धनी र सबल छ । अपार सम्भावनाले भरिपूर्ण छ यस क्षेत्र । आजको दिनमा स्पष्ट शब्दमा भन्दा देश विकासको मुख्य मेरुदण्ड नै ग्रामिण भेगमा रहेको कुरा तमाम अग्रज तथा बुध्दिजिवीहरुलाई जानकारी भएकै विषय हो । सांस्कृतिक रुपमा पनि यस क्षेत्र अत्यन्तै सबल र सक्षम छ । हरेक व्यक्तिहरुमा भाइचाराको सम्बन्ध हुनु नै एक ज्वलन्त उदाहरण हो । सबैमा आत्मियताको सम्बन्छ छ जाहे त्यो धनी होस् या गरिब । “अतिथी देवो भव” र “वसुधैव कुटुम्बकम्” भन्ने भावलाई मुल मन्त्र मान्ने यी तमाम गाँउलेहरुमा वर्तमान अवस्थामा पनि संस्कृति प्रति उतिकै झुकाब छ जति बिगतमा थियो । यही कारणले गर्दा हुन सक्छ आजको दिनमा पनि सबैमा भाइचाराको सम्बन्ध कायमै छ । यी यावत कुराहरुले दर्शाउछ ग्रामिण क्षेत्रको सत्यताको पहिचान जो आफैँ स्वच्छ छ । तर यर्थात भने फरक रहेको छ ग्रामिण क्षेत्रमा बसोबास गर्ने आम- सर्वसाधारण मानिसहरुको । अनौठो लाग्न सक्छ यदि कसैले तपाईहरुलाई भन्यो हाम्रो गाँउ सचरमुकाम भन्दा जम्मा ४० वा ५० कि.मि. दुरीमा छ तर यहाँ सदरमुकाम रहेको जस्तो सेवा र सुविधा छैन । अर्थात भौतिक पूर्वाधारको दिर्घकालिन विकास जुन गतिमा हुनु पर्ने थियो त्यो गतिमा नभइ केवल विकास विनासको लागि मात्र हुदैँ आइरहेको छ । भौतिक पूर्वधारको दिर्घकालिन विकास हुनु पर्ने थियो तर त्यो भएको छैन् । जस्तै उदाहरणको रुपमा लिन सक्छौ नेपालको स्वस्थ्य, शिक्षा, विधुत, यातायात, स्वच्छ पिउने पानी आदि कुराहरुमा कति प्रतिशत ग्रामिण भेगका मानिसहरुमा पहुँच छ त !

सर्वप्रथम शिक्षाको कुरा गरौँ । नेपलको तत्थाङ्कीय झलक, २०७६ अनुसार नेपालमा कुल विध्यालयहरुको संख्या ३५६०१ (सामुदायिक विध्यालयको संख्या २९०३५ र निजी विध्यालयहरुको संख्या ६५६६), विश्वविध्यालयहरुको संख्या १०, मेडिकल संस्थाहरु ४ (जस्लाई डिम(Deem) विश्वविध्यालय पनि भनिन्छ), खुल्ला विश्वविध्यालय १, र प्राविधिक विध्यालयहरुको संख्या ४९६ रहेको छ । नेपालको साक्षरता दर ६५.९ प्रतिशत रहेको छ । नेपालको ग्रामिण क्षेत्रको साक्षरता दर ६२.५ प्रतिशत रहेको छ जुन आफैमा सन्तुष्ठ गर्न लागक छैन । सामुदायिक विध्यालयहरु जनसङ्ख्याको आधारमा हेर्दा कम रहेको कुरा पटक पटक सञ्चार माध्यमहरु आइसकेकै कुरा हुन साथै जे जति रहेका छन तिनीहरु गुणस्तरिय शिक्षा दिन सकिरहेका छैनन् । विश्वविध्यालयहरुको त कुरा गर्दा पनि सरम लाग्न सक्छ । नेपालमा जति विश्वविध्यालयहरु रहेका छन ती सबैको केन्द्रिय कार्यलय या त संङ्घिय राजधानी काठमान्डौँमा छ या जिल्ला सदरमुकामहरुमा रहेका छन् । नेपालमा १५ वटा विश्वविध्यालयहरु भए पनि १ वटा समेत कार्यलय ग्रामिण भेगमा नहुनले नै इङ्कित गर्छ ग्रामिण क्षेत्रमा शिक्षाको पहुँच के कति छ भनेर । वर्तमान अवस्थालाई हेर्दा  लाग्छ शिक्षा त समपन्न वर्गहरुको सोखिनको विषयमात्र हो । उदाहरणः चिकित्सा अध्ययन, ईन्जिनियरिङ्ग अध्ययन आदि ।

स्वास्थय क्षेत्रको कुरा गर्दा नेपालको तथ्याङ्कीय झलक, २०७६ अनुसार सरकारी अस्पतालहरु  संख्या १२५, स्वास्थ चौकीको संख्या ३८०८, स्वास्थय केन्द्रहरुको संख्या २०३ र निजी अस्पतालहरुको संख्या ३०१ रहेका छन् । स्वास्थ्य चौकी बाहेक ग्रामिण भेगमा न त कुनै ठुला सरकारी र निजी अस्पतालहरु नै रहेका छन् न त कुनै सम्पूर्ण सेवा युक्त स्वास्थ्य चौकीहरु नै । ग्रामिण भेगमा रहेका स्वास्थ्य चौकीहरुमा न भनेको बेलामा चिकित्सकहरु हुन्छन न कुनै सामान्य औषधी । प्रत्येक वर्ष सिटामलको र  सामान्य रुघा खोकीको औषधी अभावमा पहाडी र हिमाली जील्लाका मानिसहरुले ज्यान गुमाउनु परेको यथार्थ कुरा सबैको जानकारीको विषय नै हो । ग्रामिण भेगका महिला दिदी बहिनीहरु आजको दिनमा पनि प्रसुती सेवा लिन कि सदरमुकाम कि संङ्घिय राजधानी जानु परेको तितो यथार्थ पनि यसको अर्को पाटो रहि आएकै छ । यहि कुराहरुलाई केलाई रहँदा झन्डै ८० प्रतिशत मानिसहरु ग्रामिण क्षेत्र मै बसोबास गर्दै आइरहेका छन् तर विधुत सेवाको पहुँचमा जम्मा ९३.४७ प्रतिशत ग्रामिण भेगका मानिसहरुको पहुँच छ । संख्याको दृष्टिकोणबाट हेर्दा राम्रो नै भएता पनि गुणस्तरको हिसाबमा सोचे जस्तो वा भनौँ अपेक्षा गरे जस्तो छैन् । विभिन्न वहानामा वर्तमान अवस्थामा पनि गाँउलेहरुले घन्टौँ सम्म विधुत सेवाको पहुँचबाट टाठा बस्नु परेको यथार्थ सतहमा आउन सकेको छैन् । यसका साथै नेपाल कृषि प्रधान देश हो भनेर पटक पटक श्रमको मुल्य नबुझ्ने मानभावहरु कराउने गर्नु हुन्छ। वास्तवमै नेपाल एक कृषि प्रधान देश नै हो। नेपालको कुल जनसमख्याको ७४ प्रतिशत मानिसहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि मै निर्भर छन् । नेपलाको कुल भू-भागको १७.९८ प्रतिशत भू-भाग कृषि योग्य रहेको छ, सिचाइको सुविधा भने ६६ प्रतिशत क्षेत्रमा मात्र सिमित छ वाह्रै महिना सिचाइको सुविधा जम्मा ३६ प्रतिशत क्षेत्रमा मात्र हुने गरेको छ । कृषिमा निर्भर हुने अधिकांश मानिसहरु ग्रामिण भेगकै हुन । अधिकांश ग्रामिण भेगकै मानिसहरु कृषिमा निर्भर भएर हुन सक्छ देशले प्रत्येक वर्ष अर्बौँ रुपैँयाको खाद्य वस्तु आगात गर्छ तर स्थानिय कृषकहरुले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेर कुहिएर जाने गरेको छ र बजार पाइहाले पनि पैसा लिन वर्षौँ कुर्नु परेको छ, आन्दोलन गर्नु परेको छ । सिचाइको नाममा सरकारी बजेटबाट व्यक्तिगत रुपमा इनार वा बिर्डङ गाड्ने काम भइरहेको छ ।

अब कुरा गरौँ स्वच्छ पिउने पानीको । ग्रामिण भेगमा पानीको मुहानहरु त प्रसस्त छन् तर त्यो टिकाउ छैन, पिउन योग्य छैन। नेपालमा कुल जनसङ्ख्याको ८८ प्रतिशतमा आधारभूत स्तरको पानीको पहुँच पुगेको, १२ प्रतिशत अहिले पनि आधारभूत पानीको पहुँच बाहिर रहेको र २० प्रतिशतले मात्र गुणस्तरिय पानी पिउने गरेको सरकारी आकडा नै रहेको छ । यस्तो अवस्थामा हामी नै आङ्कलन गर्न सक्छौँ ग्रामिण भेगमा शुध्द पिउने पानीको पहुँच कति छ भनेर । जलस्रोतको सन्दर्भमा जलस्रोत विज्ञ सोमनाथ पौडेलका अनुसार नेपाल जलस्रोतमा “विश्वको २२-२३ औँ धनी देश हो ।”  संयुक्त राज्य अमेरिकाको वल्डस रिजोर्सस इन्ष्टिटष्युले प्राकशित गरेको प्रतिवेदन अनुसार जलसङ्कट बेहोरिरहेका देशहरुको सूचीमा नेपाल ४० औँ स्थानमा पर्दछ । प्रतिवेदनले जनाएअनुसार नै आजको अवस्थामा पानी समस्या नेपालको प्रत्येक जिल्लका मानिसहरुले (विशेष रुपमा ग्रामिण भेगकाले) भोग्दै आइरहेका छन् । पानी अभावकै कारण पश्चिम नेपाल र पूर्वी नेपालका पहाडी र हिमाली भेगका मानिसहरु बसाइ सर्न बाध्य भएका छन्, प्रत्येक व्यक्तिको दैनिकी जीवनमा असर परी नै रहेको छ। सडकको पहुँचमा त झनै ग्रामिण भेगमा अपेक्षा गरे अनुसार भएको छैन् । विश्व बैङ्कको तथ्याङ्क अनुसार ग्रामिण भेगका पाँच जना व्यक्तिहरुमा तीन जना व्यक्तिहरुको पहुँच सडकमा छैन । अर्थात कुल जनसंख्याको ४० प्रतिशत ग्रामिण जनसंख्याको मात्र सडकमा पहुँच छ ।

वर्तमान परिपेच्छेमा कुरा गर्दा नेपाल संङ्घीय लोकतान्त्रिक गणतन्त्रामक राज्य हो । हाल नेपालमा ७५३ स्थानिय तहहरु रहेका छन् । संविधानले नै स्थानिय तहलाई २२ वटा अधिकारहरुको सूची नै बनाएर जनप्रतिनिधीहरुलाई कानून मात्र बनाउने अधिकार प्रदान गरेको छ जसमा माथी उल्लेखित सम्पूर्ण कुराहरु पर्दछ । साथै अन्य विभिन्न अधिकारहरू ऐन र कार्यविधीहरुले प्रदान गरेको छ तर पनि किन ग्रामिण भेग बिगतमा जुन अवस्थामा थियो आज त्यो अवस्था भन्दा पनि झन सेवा पाउने अधिकारबाट बञ्चित हुँदै छ ? ग्रामिण भेगमा सबै कुरा छ, प्राकृतिक स्रोत साधन देखि लिएर युवा जनशक्ति सबै कुरा छ तर पनि किन यही क्षेत्र पछाडी छ ? ग्रामिण क्षेत्रले गर्दा नै विगत देखि आज सम्म (वि.स.२००७-२०७२ धेरै सत्ता फेरेको छ, कयौँ विचारहरु फेरीदिएको छ तर पनि किन पूर्वधार विकासमा पछाडी छ ? नेपालको चुरे क्षत्रको भू-भाग झन्डै झन्डै सबै ग्रामिण भेगले नै ओगटेको छ त्यही पनि यसबाट फाइदा किन लिन सकिरहेको छैन यस भेगले ? किन आजको दिनमा पनि गरिबी दर, अशिक्षाको दर, स्वस्थ्यको पहुँचमा कम, सडकको पहुँचमा कम, विधुत सेवाको पहुँचमा कम, आदि कुरामा ग्रामिण भेगमा नै धेरै किन छ ? आखिर यी यावत पीडाहरुबाट छुटकारा पाउन कै निम्ति संघियताको अवधारणा अवलम्वन गरिएको होइन र नेपालमा तर पनि ग्रामिण क्षेत्र मै किन धेरै पीडा ? ग्रामिण क्षेत्रको पीडा कस्ले बुझिदिनेःस्थानिय सरकार वा स्थानिय नेता वा स्थानिय जनता स्वयंम आफैले ? के यही हो त नयाँ नेपाल ? के यस्तै प्रकारले  “समृद्ध नेपाल र सुखी नेपाली” को नारामा हामी पुर्याउन सक्छौँ ?

 

The lifestyle drug market is extremely lucrative. viagra malaysia price These medications can be used by all age groups worldwide and increased individual awareness of health and beauty has created a demand for physical fitness and improved performance of all our body parts.

देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आ....

“रिठेपानी डाँडो काट्न  विकास तथा सुशासन समितिको निर्देशन”

भरोसा खबर संवादाता  १५ फाल्गुन २०७७ - नेपाल सरकार को राष्टिय गौरवको आयोजना मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यश क्षेत्रको बिकासका ल....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

View all

भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…

रमेश लम्साल काठमाडौँ, ७ मङ्सिर (रासस) : “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ य....

नवलपरासी दाउन्नेमा बसमा आगलागी , घटना शंकास्पद

२६ भदौ नवलपरासी । आज बिहान करिब ५ बिहान बजे तिर महेन्दनगरबाट काठमाण्डौं आउँदै गरेको ना६ख ८४५३ नम्बरको डिलक्स बसमा आगालगी भएको छ । दाउन्नेको उकालोमा भए....

काभ्रे गोलीकाण्डमा विप्लव समूहका ४ कमाण्डर पक्राउ

६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव स....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all