भाटभटेनीलाई दिउँसो पसल खोलेको आरोपमा ४ लाख जरिवाना तिराउने आदेश

भरोसा खबर,२०७८ जेठ २४, काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने भनिएको थियो । त्यही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले  बताएका छन् ।

सोमबार दिउँसो काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुगेको थियो । त्यसक्रममा दिउँसो पनि भाटभटेनीले सामान विक्री गर्ने गरेको पाइएको थियो ।

स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो । उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले बताए । प्रशासनले जेठ मसान्तसम्म लागू हुने गरी निषेधको आदेश जारी गरेको छ । खाद्य सामग्री पाइने पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।

व्यक्तिले आदेशको उल्लंघन गरे एक लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

रुपन्देही, २८ कात्तिक (रासस नीरा गौतम )ःचुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको बोली नै बन्द हुन्छ....

ख्रीष्टमसमा येशू खै ?

भुवन देवकोटा अहिले नेपाल र नेपाली चर्चलाई मात्रै होइन, पूरै विश्वलाई नै ख्रीष्टमसको तातोले लपक्कै छोपेको छ । मिठो खाने, राम्रो वा नयाँ कपडा लगाउने, ....

गाईको लागि होस्टल बन्ने

१९ भदौ, काठमाण्डौं, अब भारतमा गाईको लागि होस्टल बन्ने भएको छ । दिल्ली सरकारका एकजना मन्त्रीले गाईका लागि समेत होस्टल बनाउने भएका छन् । गाइका लागि बनाइएक....