वाइडबडी जहाज खरिदमा तीन अर्ब ८८ करोड भ्रष्टाचार ठहर

पौस १६, काठमाडौँ। संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको ३३ पृष्ठको प्रतिवेदनले जहाज किन्दा सार्वजनिक खरिद प्रक्रिया मिचेर ३ अर्ब ८८ करोड रूपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। उपसमितिले दुईवटा एयरबसको वाइडबडी जहाज खरिद गर्दा झन्डै ४ अर्ब रूपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

खरिद प्रक्रियामा संलग्न नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बनका लागि सरकारलाई सिफारिस गरिएको समितिका एक सदस्यले जानकारी दिए।

उपसमितिले वाइडबडी जहाज खरिदको छानबिन क्रममा झन्डै ५० जनालाई समितिमा बोलाएर सोधपुछ गरेको थियो। यति ठूलो रकमको भ्रष्टाचार कर्मचारी मात्रको संलग्नताले सम्भव नहुने भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत कारबाही गर्न उपसमितिले सरकारको ध्यानाकर्षण गरेको छ।

स्रोतका अनुसार उपसमिति संयोजक राजेन्द्र केसी भने मन्त्री र पूर्व मन्त्रीहरूलाई ‘कारबाही’ सिफारिस नगर्ने पक्षमा छन्। ‘उपसमिति सभापति कारबाहीको सट्टा अर्को शब्द राखेर जाउँ भन्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो।

उपसमितिका केही सदस्यले भने मन्त्रिपरिषद्लाई समेत कारबाही सिफारिस गर्ने अडान लिएका थिए। ऋण तथा जमानत ऐनमा पुरानो जहाजका लागि सरकार जमानत बस्ने व्यवस्था नभएको, तर वाइडबडी जहाज खरिदमा सरकार जमानी बसेकाले सचेत गराउनुपर्ने अडान केही सांसदले राखेका थिए।

वायुसेवा निगमले दुइटा नयाँ वाइडबडी जहाज खरिद गर्न विज्ञापन गरे पनि पुरानो किन्न प्रक्रिया बढाएपछि महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५ औं प्रतिवेदनमा अनियमितता देखिएको उल्लेख गरेको थियो।

निगमले २०७२ माघ ४ गते नयाँ जहाज खरिद गर्न सुगतरत्न कंसाकारको उपसमिति गठन गरेको थियो।

सरकारले २०७३ भदौ २९ गते जहाज किन्ने ऋणका लागि जमानत बस्ने पत्र निगमलाई पठाएको थियो। त्यसै वर्ष असोज १० गते निगमले दुईवटा एयरबस किन्न ४५ दिने सूचना प्रकाशित गरेको थियो। उक्त विज्ञापनमा निगमले रोल्सरोयस इन्जिन र एक हजार घन्टा उडेको पुरानो जहाज किन्ने प्रक्रिया अघि बढाएको हो।

उपसमितिले यसरी टेन्डर आह्वान गर्दा पुरानो जहाज भनिएको र इन्जिन नै तोकिएको भन्दै सार्वजनिक खरिद ऐन पालना नभएको ठहर गरेको छ। इन्जिन नै तोकेको अवस्थामा सिधा कम्पनीबाट खरिद गर्नुपर्नेमा बिचौलियामार्फत् किनिएको उपसमितिको निष्कर्ष छ।

जहाज खरिदका लागि पहिलोपटक एएआर कम्पनीलाई निगमले २०७३ फागुनमा १० लाख अमेरिकी डलर पठाएको थियो। त्यस्तै २०७४ असार ५ गते निगमले इस्को एजेन्ट नर्टन रोज फुलब्राइट लिगल फर्मलाई ७ करोड ९० लाख अमेरिकी डल भुक्तानी पठाएको थियो।

निगमले गत असार १४ गते पहिलो र साउन १० गते दोश्रो वाइडबडी जहाज प्राप्त गरेको थियो।

निगमले २ सय ४२ टन टेकअफ वेट हुने जहाज भित्र्याउने बिजनेस प्लान बनाएर २ सय ३० टन टेकअफ वेट भएको जहाज ल्याएको खुलासापछि अनियमितता सार्वजनिक भएको थियो।

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

घरमै बसेका कोरोना संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनाला....

View all

‘धर्मगुरुसँग प्रहरी’

सुर्खेत, २८ कात्तिक (रासस) ः समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना का....

महासंघबाट राजिनामा दिएका समूहले गर्यो अगुवा भेला

मंसिर १०, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट राजिनामा दिएका समूहले आज ललितपुरमा एक कार्यक्रमगरि पास्टर, अगुवाहरूको माझमा राजिनामा दिनु....

खुल्यो अल्ट्रालाईट उडान

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्....

विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

भरोसा सम्बाददाता, २४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर....

यसपालीको राष्ट्रिय जनगणनामा ६० हजारले अस्थायी रोजगारी पाउने

भरोसा सम्बाददाता, काठमाडौं, कात्तिक १७, २०७७। दस/दस  वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी  यस पटक पनि तीव्र रूपमा थालिएको छ । आगाम....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all