ऋषिङमा दुई दिन कोरोना विरुद्धको खोप लगाइने”

तनहुँ सम्वाददाता, १ श्रावण तनहुँ – स्वास्थ्य कार्यालय ऋषिङ तनहुँ का विभिन्न वडाहरुमा आज बुधबार र भोलि विहीबार पनि कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको  छ ।
ऋषिङ स्वास्थ्य इन्चार्ज  लोक बहादुर थापाका अनुसार गाउँपालिकाको सम्पुर्ण वडाका स्वास्थ्य केन्द्रबाट  खोप लगाउन सकिने व्यवस्था मिलाइएको  छ । गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप आउँदा ऋषिङ गाउँपालिकालाई  जम्मा ९०० डाेज खोप उपलब्ध भएको स्वास्थ्य इन्चार्ज थापाले बताए ।
चीनबाट सरकारले किनेर ल्याएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइनेभएको हो । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्नेचालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ । विदेश जाने नागरिकका लागि पासपोर्टमा भिसा लागेको हुनुपर्ने र सिडिओले प्रमाणित गरेको हुनुपर्ने ऋषिङ स्वास्थ्य इन्चार्ज थापाले जानकारी दिए ।
उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता,पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका,
वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन् । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने  छ ।