भरुवा बन्दुकसहित पक्राउ

जाजरकोट , ८ असोज

सादा पोशाकमा खटिएको प्रहरीले शुक्रबार  भेरी नगरपालिका –६ भेरे स्थित जंङ्गलको छेउँबाट  ५५ बर्षीय रगवीर घर्तिलाइ भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

चोरी सिकारी गर्ने उद्देश्यले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा प्रहरीले बरामत गरेको डिएसपी मधुकुमार थापाले बताए । पछिल्लो सयम वन्यजन्तु चोरी ,निकासी तथा सिकार गर्ने क्रम बढेपछि प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरी पक्राउ गरिरहेको छ ।

Avatar