“स्कुल बसबाट खस्दा विद्यार्थीको मृत्यु “

तनहुँ सम्वाददाता, १० कार्तिक – पोखरा हेम्जामा स्कूल बसको ढोकाबाट खसेर  मंगलबार एक  नाबालक विद्यार्थीको मृत्यु भएको छ ।

पोखरा २५ हेम्जा स्थित ज्ञानसागर एकेडेमी स्कूलमा यूकेजी मा अध्यनरत  रोमन तामाङको सोही स्कूलको  बसको ढोकाबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जनाएकाे छ ।

विद्यालय छुट्टी भएर  घर जान लागेका रोमन सोही विद्यालयको ना१क २३७३ नं. बस चढेका थिए तर यात्रा गर्दै गर्दा उनी अचानक बसको ढोकाबाट खस्न पुगे  । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्कालै उपचारको लागि  फिस्टेल हस्पिटल लगिएकोमा चेकजाँचका क्रममा डाक्टरले  मृत घोषणा गरेको थिए  ।

धादिङ  घर भइ पोखरा  सिमपानी बस्दै आएका बस चालक ४७ वर्षीय सानोकान्छा थापालाई प्रहरीले पक्राउ गरि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको समय सीमा तय गरि अनुसन्धान भइरहेको जनाएको छ।

शिक्षा क्षेत्रमा उत्कृष्ट थलो मानिने पाेखरामा प्रायः सबै निजि विद्यालयका स्कुल बसहरू खचाखच विद्यार्थी काेचेर सडकमा गुड्छन् । यसले दुर्घटनाकाे जाेखिम बढ्ने  हुनाले प्रशासन लगायत सबै सरोकारवालाहरु, सम्बन्धित विद्यालय प्रशासन, महानगर सबैले समयमै ध्यान दिइ सम्भावित दुर्घटना न्यूनीकरण गर्न पहल गर्नुपर्ने आवश्यकता देखिन्छ  ।