नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

काठमाडौँ, २८ कात्तिक (रासस) बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । उनन्चास बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे । त्यस्तै नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो तर नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी २४, करण केसी २०, विनोद भण्डारी पाँच तथा सोमपाल कामी र आरिफ शेख समान दुई÷दुई रनमा बाहिरिए । त्यसैगरी ललितनारायण राजवंशी शून्य रनमा आउट हँुदा सुुशन भारीले दुई रन जोडे । भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । –––

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भ....

फोरम र राजपाले मागेअनुसार यसरी हुँदैछ संविधान संशोधन

काठमाडौँ– सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारीमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । ....

गाईको लागि होस्टल बन्ने

१९ भदौ, काठमाण्डौं, अब भारतमा गाईको लागि होस्टल बन्ने भएको छ । दिल्ली सरकारका एकजना मन्त्रीले गाईका लागि समेत होस्टल बनाउने भएका छन् । गाइका लागि बनाइएक....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all