काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन भएको थियो । सरकारी कार्यालय पूर्ण रूपमा सुचारु भएको असार १ मा ६ हजार २ सय ११ जना संक्रमित थिए ।

असार १० मा संक्रमितको संख्या १० हजार नाघ्यो । शनिबारसम्म १५ हजार ४ सय ९१ पुगेको छ । यो बीचमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् । दुई जना मात्रै संक्रमित हुँदा मुलुकमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक ५ सयभन्दा बढी हुँदा पनि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

संक्रमितको संख्या दिनहुँ ३ अंकमा बढिरहँदा सरकार र सत्तारूढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त छन् । अप्ठेरो पर्दा जनतालाई सेवा गर्छौं भन्दै चुनाव जितेर आएका नेताहरू मुलुकमा आगोसरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील देखिएका छैनन् । सरकार र सत्तारूढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीलता कति छ भन्ने पछिल्लो दुई सातायताका घटनाक्रमले छर्लङ्ग पार्छन् ।

नेपालमा शनिबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो । अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ । प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक/एक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

समाजसेवी सिद्धराज खड्काको पहलमा सेती नदिमा काठेपुल निर्माण

text

पुष्प जोशी,पुस १,०७५। बझाङको सेती नदिहुदै खप्तड छान्ना गाँउपालिका जोड्ने पुलको आईतवार उद्घाटन भएको छ । बिगतका वर्षहरुमा झै यो वर्षपनी बझाङको खप्तड छ....

राजपासँग एकिकरण गर्न फोरम तयार

काठमाडौं– संघीय समाजवादी फोरमले राजपा लगाएतका साना दलहरुसँग एकिकरण गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंसिर २२ गते बसेको केन्द्रिय समितिको बैठक....

देउवाले फेरि थपे मन्त्री: राजनीति मुठभेडतर्फ जाने आशंका

काठमाडौं, २८ असोज । शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर दे....