राष्ट्रिय झण्डा जलाउने कार्यमा ख्रीष्टियन समुदायको कुनै सम्बन्ध छैन:राष्ट्रिय ख्रीष्टियन महासंघ

भरोसा खबर, २०७७ भदौ ३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक विज्ञप्ति जारि गरी राष्ट्रिय झण्डा जलाएको विषयप्रति दु:ख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मंगोल होप नामक युट्युव च्यानल मार्फत श्रव्यदृश्यमा नेपालको झण्डा जलाइएको भिडियो सार्वजनिक भएपछी सामाजिक संजालमा चौतर्फी विरोध भएको थियो । उक्त भिडियोलाई आधार मानेर ख्रीष्टियन समुदायलाई समेत जोडेर सामाजिक संजालमा आएको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “झण्डा जलाउने काम जुन समुदायबाट जुन नियतले गरेपनि उक्त विषयसंग ख्रीष्टियन समुदायको कुनै सम्बन्ध नरेको प्रष्ट पार्दछ ।”

महासंघका अध्यक्ष सी.बी गहतराजको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने खालका कुनै पनि गतिविधि नगर्न आह्वान समेत गरेको छ ।

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

मुलुकी अपराध संहिता–०७४ अनुसार जात, जाति सम्प्रदाय वा बर्गको भावनामा आघात पुर्याउन पाइँदैन । त्यस्तै राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा तीन बर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विज्ञप्ति

 

 

 

 

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

ऋषिङ गा.पा. तनहुँमा थ्रोट स्वाव संकलन

सुधीर बाबु ढुङ्गाना , भरोसा संवादाता, २१ असोज २०७७, तनहुँ - तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित गाउँपालिकामा अाज थ्रोट स्वाव संकलन गरिएको छ । ऋषिङ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउँछ : मन्त्री भण्डारी

सुर्खेत, १ मङ्सिर (रासस) : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताउनुभएको छ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all