राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय भेला मिति २०७७ साल असोज ११ गते तदानुसार २०२० सेप्टेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत अपरन्ह ४ः४५ बजे आयोजना गर्ने बारे जानकारी गराएको छ ।

भैंसेपाटी स्थित क्वालिटी फूडल्यान्ड क्याफेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सी.बी गहतराजले १३ औँ राष्ट्रिय भेलामा महासंघका सबै पदाधिकारीहरु, सदस्यहरु, महादेश प्रमुखहरु, सद्भावदूतहरु तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीभाषी  ईसाइका साथै पत्रकार मित्रहरुलाई गरिमामय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्नुका साथै सफलताका लागि प्रार्थना गर्न अपिल गर्नुभएको छ ।

उपाध्यक्ष बाबुराम हिङ्गमाङ्गले सुरुको प्रार्थना गरेर कार्यक्रम सुरु गर्नुभएको थियो भने उपमहासचिब एवम् प्रवक्ता उद्धव चिमोरियाले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । उपमहासचिब धनराज घिमिरेले १३ औँ राष्ट्रिय भेलाको सम्बन्धमा मन्तब्य राख्नु भयो भने बरिष्ठ सहअध्यक्ष डा.फिलेमोन खड्का क्षेत्रीले सबै सहभागिहरुलाई धन्यवाद दिनुहुँदै  कार्यक्रम समापन गर्नुभयो । उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक कृष्ण परियारले कार्यक्रम कुसलताका साथ संचालन गर्नुभएको थियो ।

 

 

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

फेरि बढ्यो पेट्रोलको मूल्य

भरोसा खबर, भदौ १६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । मंगलवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैय....

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी आइतबार काठमाडौं आउने

१८ भदौ, काठमाण्डौं, चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका क्रममा आगामी आइतबार काठमाडौं आउने भएका छन् । आगामी असोज अन्तिम साता भारत भ्रमणमा निस्....

चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित

बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रम....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all