डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएकाे छ ।  प्रधानमन्त्रीसँग आफैले हिजो गरेको बाचा पूरा नगर्दा डा. केसी आज अनसन बस्नुपरेकाे पनि उहाँले बताउनु भएकाे छ । 

‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले राख्नु भएको कुन माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहितविपरीत छन्?,’ सोमबार ट्वीट गर्दै थापाले  प्रश्न गर्नुभएकाे छ, ‘तपाईं आफैंले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?, ‘केसीसंग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ?’

पूरा गर्न सकिने र गर्नुपर्ने माग केसीले उठाएकाले सम्बोधन गर्न पनि थापाको भनाइ छ। ‘एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ,’ थापाले लेख्नुभएकाे छ, ‘प्रमज्यू ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी तपाईं हो।’

चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनसनमा हुनुहुन्छ । जुम्लामा अनसन बस्नुभएका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ । उहाँको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ।

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति

अर्घाखाँची, २ पुस (रासस) : तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही ....

प्रहरीद्धारा श्रीमान कुटिए

काठमाण्डौं, रसुवा जिल्ला गोसाईँकुण्ड गाँउ पालिका २ नेपाल केरुङ सिमाना टिमुरेमा सवारी श्रीमान तामाङ प्रहरीद्धारा कुटिएकाछन् । गलत पार्किङमा रहेको गा....

थप १९ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुग्यो

भरोसा संवाददाता, काठमाडौं, १९ असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ ज....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all