देश बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण पूर्व सभासद आले

भरोसा खबर तनहुँ सम्वाददाता १५ फाल्गुन : संविधान सभाका सभासद माननीय झुल बहादुर आले ले देशको बिकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । आज ऋषिङ्गमा शुरु भएको ूऋषिङ्ग अध्यक्ष कपू पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै युवा भविस्यका कर्णदार र यो देशका शक्ति हुन । देशलाई सहिदिसातर्फ अघि बढाउन आजका युवाहरूलाई स्वस्थ राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । खेलले युवाहरूलाई अनुसाशित मिहिनेती र धैर्यतामा राख्न सहायता गर्छ । यो जिवनको एउटा पाटो हो । ऋषिङ्गले संचालन गरेको उक्त कार्यक्रमको प्रशंशा गर्नुभयो ।

नेपालको संविधान २०७२ ले सबैलाई समेटेको स्मरण गर्दै संविधानको सफल कार्यन्वयन गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको पछिल्लो विकसित राजनितीक घटनाक्रमलाई इङ्गित गर्दै झन्डै दुई तिहाईको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरि राजनीति अस्थिरता ल्याउन खोज्नु कानुन बिपरित रहेको र सम्मानित सर्वोच्च अदालतले जनताको पक्षमा न्याय गरेको छ उहाँले भन्नुभयो ।

ऋषिङ्ग गाउँपालिका वडा नं। ४ थप्रेकको महेन्द्र ज्योति आधारभुत विद्यालयको प्राङ्गगणमा ऋषिङ्ग समृद्धिको आधार कृषि संस्कृति पर्यटन र पुर्वाधार भन्ने नाराका साथ सुरुभएको सो प्रतियोगितामा विभिन्न पालिकाका १७ टिमको सहभागिता रहेको जनाइएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार एक लाख पैतिस हजार नगद सहित ट्रफि मेडल र सम्मानपत्र प्राप्त गर्नेछन् । उद्घाटन खेलमा रूपा गाउँपालिका कास्की र बुलिङ्टार गाउँपालिका नवलपुर बीचको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा बुलिङ्टार गाउँपालिका बिजयी भएको छ ।

वडा नंं। ४ का वडाध्यक्ष भोजराज रानाभाटको सभापतित्व रहेकोे कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ती बालेर र प्रमुख रेफ्रीलाइ भलिबल हस्तान्तरण गरि उद्घाटन गर्नुभयो भने प्रमुख प्रशाशकिय अधिकृत चण्डीका पौडेलले स्वागत र प्रशाशकिय अधिकृत चिन बहादुर रानाभाटले उद्घोषण गर्नुभयो ।

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

प्रहरीद्धारा श्रीमान कुटिए

काठमाण्डौं, रसुवा जिल्ला गोसाईँकुण्ड गाँउ पालिका २ नेपाल केरुङ सिमाना टिमुरेमा सवारी श्रीमान तामाङ प्रहरीद्धारा कुटिएकाछन् । गलत पार्किङमा रहेको गा....

निमा दोर्जे लामालाई हेलिकप्टरबाट सदमुकाम ल्याईयो

१९ भदौ, गोरखा । हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्य....

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै

२१  असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थ....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all