राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती विद्यार्थी स्थानीय राधा आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत छन् ।
पिता लालबहादुर चन्द र माता मेखमाया चन्दका पहिलो सन्तानका रूपमा २०५९ बैशाख ३० गते जन्मेका मानव जन्मदै अपांग थिए उनको दुबै खुट्टा र दाहिने हातले काम गर्दैन । पछि नाबालक अवस्थामा अगेनामा परि पोलिएका कारण उनको स्वास्थ्य एवम् शारीरिक स्थिति थप कमजोर बन्न पुग्यो । पोलेको घाउ त जसोतसो निको भयो तर अपांगताको उपचार सम्भव नहुदा चन्द दम्पती चिन्तित भएका थिए । पछि अर्को सन्तान सकुशल जन्मेपछी आफ्नो चिन्ता केहि कम भएको आमा मेखमायाले सुनाइन । अपांग भएपनी छोराले पढ्न मन गरेकोले विद्यालय भर्ना गरिदिएको अभिभावकले बताए ।
मानवले विद्यालयमा पुगि अध्ययनको साथै विभिन्न क्षेत्रसंग सम्वन्धित आकर्षक चित्र कोर्ने गरेका राधा आधारभुत विद्यालयका प्रधानाध्यापक गिरीबहादुर बि क ले बताए । मानवको चित्रमा शैक्षिक ज्ञान पाइन्छ । उपयुुक्त रङ्ग भरी चित्रलाइ जीवन्त बनाउछन । चित्र कोर्न चाहिने आवश्यक सामाग्रीहरु मानवले आफ्ना अभिभावकसंग रोइकराइ ल्याइदिन आग्रह गर्छन् तर आर्थिक विपन्नताले थलिएको चन्द परिवारले त्यस्ता स्रोतहरु सधै जुटाउन नसकेको बताउँछन् । मानवले आफ्नो कला विद्यालयको भित्तामा छ्ताछुल्ल पोखेको देख्दा जो कोहिको आँखा रसाउछ  मुटुमा भक्कानो पर्छ अनि सपाङ्ग भएर केही गर्न नसकेकोमा आफैंलाई धिक्कार्छन । विद्यालयमा शिक्षक र विद्यार्थीहरुले मानवलाइ माया गरेकोले अपांग भएपनि पढ्न आएको बताए । उनले निलो कार्ड मार्फत  मासिक रू १५००/- बाहेक अरु कुनै भत्ता पाएका छैनन् ।
Reset Nepal को सहयोगमा व्हिलचियर उपलब्ध भएको बाहेक अरु कुनै सहयोगि संस्थाले चासो देखाएका छैनन् । स्थानीय  निकायले पनि उनको कलालाइ प्रचारप्रसार गर्न कुनै पहल थालेको छैन । घर आगनको सरकारले यस्ता प्रतिभाको अवमूल्यन गर्दा चिनारी गुमाउन पुगेको छ । यस्ता कलाकारलाई राज्यले उचित वातावरण दिन सके हाम्रो मौलिक कला संस्कृतिको संरक्षण हुने स्पष्ट देखिन्छ । स्थानीय सरकारले उनको कलालाई  सहरी क्षेत्रसम्म पुर्याइ बिक्रिको व्यवस्था गर्ने  पहल गरिदिनु उचित देखिन्छ ।
मानवका परिवारमा उनी बाहेक आमाबुबा एक भाइ र दुई  बहिनी छन ।
  
सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभ....

View all

खबरभित्रको खबर भरोसा खबर

श्रावण २७, २०७७ काठमाण्डौ । ⇒कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २....

नेविसङ्घको विरोध जुलुस

काठमाडौँ, १ मङ्सिर (रासस) :लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निका....

सलमान खानले ५५ लाखा भा.रु मा घर किनिदिएको खबर झुटो

२० भदौ, काठमाण्डौं, बलिवुडमा मात्रै नभई पुरै भारत र संसारभर भाइरल भईराखेकी रोनु मण्डलको बारेमा फैलिएको कति हल्लाहरु सत्य छन् भने कति हल्लामा मात्रै सि....