मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेका १७ सांसदले गरे मतदान

भरोसा खबर,२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए ।

प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् ।

कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे । नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो । एमाले ओली पक्षका सांसदहरु पठानसिंह बाेहरा, नेपालु चाैधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बाेहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु रहेका छन् ।

“कोरोनाको त्रास शहरमा भन्दा गाउँमा बढी, बालबालिकालाई जोखिम” – भरोसा खबर

तनहुँ सम्वाददाता, १८ श्रावण  - पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको दर केही बढदै गइरहेको बेला यसको त्रास गाउँमा बढिरहेको देखिन्छ । गाउँका मानिसहर....

“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ - ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।   गत अस....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

View all

डोटी जिल्लाका स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना – ए ड्रिमर्स वाेई”

गोविन्द विश्वकर्मा/ भरोसा खबर/ काठ्माण्डौ | डोटी जिल्लाका  स्थानिय युवाहरुले निर्माण गरेको चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हु....

चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित

बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रम....

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

जसपाका १० सहित २१ मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

भरोसा खबर, ८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुन....

जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाब....

View all